स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा सेना परिचालन गर्न स्विकृति प्रदान

। जेठ ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्विकृति प्रदान गर्नुभएको छ ।

सोमवार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी जेठ ३१ गते हुने स्थानीय तहको दोश्रो चरणको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न सरकारको सिफारिसमा नेपाली सेना परिचालन गर्न स्विकृति प्रदान भएको उल्लेख गरेको छ ।

राष्ट्रपति कार्यालयका उपसचिव केशव प्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७४ साल २ महिना २ गतेको सिफारिस , मन्त्रिपरिषद्को मिति २०७४/२/४ को निर्णय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को मिति २०७४/२/४ को पत्रमा उल्लिखित सिफारिस बमोजिम २०७४ साल जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान भएको उल्लेख गर्नुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.