एमालेद्धारा प्रशासनको भूमिका र तालमेलको प्रभाव बारे तिनदिन भित्र प्रतिवेदन पठाउन निर्देशन

काठमाडौ । जेठ १० । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा विजय र पराजय हुनाका पाच–पाचवटा आधार र कारण तीन दिनभित्र पठाउन निर्देशन दिएको छ ।

एमाले केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठकले निर्वाचनमा विजयी हुनुका पा“च आधार र निर्वाचनमा पराजित हुनुका पा“च कारण पठाउन निर्देशन दिएको हो ।

महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले निर्वाचनमा प्रशासनको भूमिका कस्तो रह्यो त्यसबारे जानकारी पनि मागेको छ ।

यस्तै पार्टीको आन्तरिक परिचालन तथा उम्मेदवार तालमेलको प्रभाव र अनुभव सहित नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउ“पालिका अध्यक्ष तथा उपाध्यक्षमा सबै उम्मेदवारले प्राप्त गरेको मत परिणाम समेत पठाउन बैठकले जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।

बैठकले नेपालको संविधानअनुरुप गठन हुने जिल्ला समन्वय समिति र गाउ“ तथा नगर कार्यपालिकामा सदस्यहरूको मनोनयनका निम्ति तत्कालै आवश्यक प्रबन्ध गर्न सम्पूर्ण मातहत कमिटीहरूलाई निर्देशन गरेको छ ।

बैठकले पहिलो चरणको निर्वाचनको अनुभवहरूबाट शिक्षा लिंदै दोस्रो चरणको निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवारहरूलाई विजयी बनाउन अझ बढी एकताबद्ध भएर सिंगो पार्टीलाई परिचालित गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.