सरकारको निति तथा कार्यक्रम – आगामी माघ ७ भित्र प्रदेश र केन्द्रको समेत निर्वाचन गर्ने प्रतिवद्धता

काठमाडौ । जेठ ११ । सरकारले आगामी माघ ७ भित्र प्रदेश र केन्द्रको समेत निर्वाचन गर्ने प्रतिवद्धता जनाएको छ ।
संघिय संसदको चुनाव भएपछि सक्रमणकाल सकिने उल्लेख सहित आर्थिक वर्ष २०७४–०७५ लागि सरकारको निति तथा कार्यक्रम बिहिवार संसद बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी माघ ७ भित्र प्रदेश र केन्द्रको निर्वाचन गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
संसद बैठक शुरु भए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक वर्ष २०७४–०७५ लागि सरकारको निति तथा कार्यक्रम राष्ट्रपति भण्डारीसमक्ष प्रस्तुत गर्नुभएको थियो ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सात दशकदेखि नेपाली जनताको चाहाना बमोजिम संविधानसभाबाट संविधान जारी भएपछि उपलब्धिहरु रक्षा भएको बताउनुभयो ।
राष्ट्रिय एकता सुद्धृढ गर्ने र स्थानीय निर्वाचन सरकारको अभिभारा रहेको उल्लेख निति तथा कार्यक्रम छ । पहिलो चरणको निर्वाचन स्वतन्त्र र पारदर्शी ढंगवाट भएको भन्दै सरकारले आभार समेत ब्यक्त गरेको छ।
नीति तथा कार्यक्रममा आगामी माघ ७ भित्र प्रदेश र केन्द्रको समेत निर्वाचन गर्ने प्रतिवद्धता जनाइएको छ ।
निर्वाचन आचारसंहिता लागु भएकोले आगामी बर्षको निति तथा कार्यक्रम यस बर्षका कार्यक्रमलाइ निरन्तरता दिइएको उल्लेख छ ।
सरकारले आर्थिक वृद्धिदर सात प्रतिशत पुग्ने लक्ष्य लिएको छ ।
आगामी बर्षपनि उच्च वृद्धिदर हासिल हुने गरी राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनका लागि श्रोत साधन उपलब्ध गराइने छ ।
मुल्यमा स्थायित्व कायम राख्ने, सार्वजनिक खरिद प्रकृया पारदर्शी बनाउने,स्थानीय तहका लागि आवश्यक जनशक्तिको ब्यवस्था गर्ने तथा औद्योगिक क्षेत्रमा बाह्य लगाउनी बढाउन पहल गर्ने निति सरकारले लिएको छ ।
यस्तै ब्यापार घाटा कम गर्ने,कृषि क्षेत्रलाइ प्राथमिकता दिने, पशुजन्य उत्पादन र बालिबिमालाइ प्रभावकारी बनाउने पनि लक्ष्य सरकारको छ ।
सवै कृषि योग्य भूमिलाइ सिचाइ गर्न ठुला र मझौला कार्यक्रम मार्फत नहर प्रणालीलाइ प्राथमिकता दिने सरकारको लक्ष्य छ । कृषि क्षेत्रलाई राष्ट्रिय उत्पादनको मुख्य क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य समेत सरकारले लिएको छ ।
लोडसेडिङ अन्त्य गरि उज्यालो नेपाल अभियानको प्रभावकारी कार्यान्वयन गरि नेपाललाइ विजुलीमा समेत आत्मनिर्भर बनाउने निति तथा कार्यक्रममा उल्लेख छ ।
विपन्न र दलितलाइ जनता आवास मा प्राथमिकता दिने तथा सम्वृद्ध शहर बनाउने,हरित गाउँशहर बनाउने पनि निति तथा कार्यक्रमको लक्ष्य छ ।
माध्यामिक तह सम्मको शिक्षा स्थानीय तहलाइ हस्तान्तरण गर्ने र प्रदेशगत रुपमा विश्वविद्यालय स्थापनालाइ निरन्तरता दिइने पनि सरकारले लक्ष्य राखेको छ ।
यस्तै गुणस्तरीय र आधारभुत स्वास्थ्य सेवालाइ प्रभावकारी बनाउने निति सरकारले लिएको छ । सामाजिक सुरक्षा भत्तालाइ निरन्तरता दिने पनि सरकारले नितिमा समेटेको छ ।
राष्ट्रिय सुरक्षा निति लागु गर्ने,आन्तरिक सुरक्षा ब्यवस्थापन गर्ने र प्रहरी संगठनलाइ संघीय ढाँचामा लैजाने निति सरकारको छ । निजामति सेवा,प्रदेश निजामति सेवा र स्थानीय सेवा समेटेर राष्ट्रिय निजामति सेवा ब्यवस्था बनाउने सरकारको योजना छ ।
त्यसअघि राष्ट्रपति भण्डारीलाई संसद भवन नयाँ बानेश्वरमा सेनाको टुकडीले सम्मान गारथ अर्पण गरेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.