निर्वाचन बहिस्कार गरेर आन्दोलन गर्ने संघिय गठबन्धनको निर्णय

काठमाडौ । जेठ १२ । राष्ट्रिय जनता पार्टी नेपाल आवद्ध संघिय गठबन्धनले स्थानीय तह निर्वाचनमा भाग नलिने र निर्वाचन प्रकृयामा अवरोध गर्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

शुक्रबार बसेको गठवन्धनको बैठकले विगतमा आफुहरुसँग भएको तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै चुनावमा नजाने र आन्दोलन गर्ने निर्णय गरेको हो । संघीय गठवन्धनले मतदाता मानावलीमा छुटेकाहरुको नाम समावेश गर्ने लगायतका आफ्ना माग पुरा भए चुनावमा जाने निर्णय गरेको छ ।

बैठकपछि शुक्रवार पत्रकार सम्मेलन गर्दै संघीय गठबन्धनले आफ्ना माग पूरा नभएसम्म दोस्रो चरणको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो । उसले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । जसमा १३ गते उपमहानगर र नगरपालिकामा मसाल जुलुस प्रदर्शन, १४ गते लाठी जुलुस र १६ गते निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने छन् ।

गठवन्धनले १९ गतेको उम्मेदवारी दर्तालाई अवरोध गर्न १८ र १९ गते मधेस, थरुहट र लिम्बुवान बन्द आहृवान गरेको छ ।
राजपा अध्यक्ष एवं गठबन्धनका संयोजक महन्थ ठाकुरले सरकारले सहमति कार्यान्वयन नगरेका कारण निर्वाचनमा जान सक्ने अवस्था नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– मागबारे सत्तापक्षबाट प्रयास भएको देखियो तर परिणाम आएन त्यसैले आन्दोलनमा जानु परेको बताउनुभयो ।
राजपा नेपालले तराईका जिल्लामा २२ स्थानीय तह थप गर्ने सरकारको निर्णय पनि अव्यावहारिक भएको भन्दै अस्वीकार गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.