संसद बैठक प्रभावित

काठमाडौ । जेठ १२ । दलहरुबीच कुरा नमिलेपछि संसद बैठक शुक्रवार पनि प्रभावित भयो । शुक्रवार दिउँसो १ बजे बोलाइएको बैठकमा कुरा नमिलेपछि संसद बैठक ४ बजे सारिएको थियो । तर, दोस्रो बैठकमा पनि विपक्षी एमालेले स्थानीय तहको संख्या थप्ने निर्णय खारेज गर्नुपर्ने र महाअभियोग प्रस्ताव फिर्ता हुनुपर्ने अडान राखेपछि संसद बैठक शनिवार दिउसो १ बजेका लागि बोलाइएको छ ।
बैठकमा नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले सरकारले आफुहरुका माग बारे वेवास्ता गरेको भन्दै संसद अघि बढ्न नदिने बताउनुभएको थियो ।
विपक्षीको अवरोधका कारण बिहिवार संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि धन्यवादको प्रस्तावसमेत पारित हुन सकेको छैन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.