काठमाडौ महानगरमा एमालेका बिद्यासुन्दर शाक्यले काँग्रेस उम्मेदवारलाई विशाल मत अन्तरले हराए

काठमाडौ । जेठ १४ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा काँग्रेसलाई धेरै मत अन्तरले पराजित गरि नेकपा एमालेले जित हासिल गरेको छ । एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले विशाल मत अन्तरका साथ जीत हासिल गर्नुभएको हो ।
राती अवेर सार्वजनिक भएको मत परिणाम अनुसार एमालेका उम्मेदवार शाक्यले ६४ हजार ९ सय १३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याउनुभयो ।
चुनाव जितेपछि शाक्यले आफु साझा प्रतिनिधि भएको भन्दै काठमाडौको विकासका लागि सवैसँग मिलेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
जितेपछि एमालेले काठमाडौँ महानगरको विजयी जुलुस १६ गते गर्ने भएको छ । निर्वाचित मेयर र अन्य पदाधिकारीहरुले सपथ पनि १६ गते नै हुनेछ ।
शाक्य २०४९ सालको स्थानीय चुनावमा २९ वर्षको उमेरमा पहिलो पटक काठमाडौं नगरपालिकाको बडाध्यक्ष र २०५४ सालमा महानगर बनेपछि पनि फेरि वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो।शाक्य काठमाडौँकै लगनटोलमा २०२० जेठ ९ गते जन्मिनुभएको थियो ।
मतपरिणाम अनुसार विवेकशील नेपाली दलकी रञ्जु न्यौपाने दर्शनाले २३ हजार ४ सय ३९ मत ल्याउनुभएको छ भने साझा पार्टीका किशोर थापाले १८ हजार ६ सय ९६ मत प्राप्त गर्नुभयो ।
उपमेयरमा भने काँग्रेस उम्मेदवार विजयी हुनुभएको छ । नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले ५८ हजार ९ सय ५३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँ निकट्तम प्रतिद्वन्दी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ९५४ मत ल्याउनुभयो।
काठमाडौको जीतसँग एमालेले पहिलो चरणको निर्वाचनमा १ सय २४ स्थानमा जीत हासिल गरेर पहिलो स्थानमा रहेको छ । अव गन्न बाँकी भरतपुर महानगरपालिका र काठमाडौको चाँगुनारायण नगरपालिकामा बाहेक २८१ स्थानको परिणाम आइसकेको छ । भरतपुर र चाँगुनारायणमा पनि एमालेकै अग्रता छ ।
काँग्रेसले १ सय ४ स्थानमा जितेर दोश्रो स्थानमा छ भने माओवादीले तेश्रो स्थानमा रहेर ४६ तहमा जितेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.