दोश्रो चरणको निर्वाचनलाई दुनियाँको कसैले पनि रोक्न सक्दैन–प्रधानमन्त्री दाहाल

काठमाडौ। जेठ १४ । प्रधानमन्त्री पुष्पकमल दाहालले दोश्रो चरणको निर्वाचनलाई दुनियाँको कसैले पनि रोक्न नसक्ने बताउनुभएको छ ।
सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा संसदमा बोल्दै प्रधानमन्त्री दाहालले चुनाव भएरै छाड्ने बताउनुभयो ।

मधेश पहाड र हिमाललाइ जोडेर निर्वाचनमा लगेको र आफ्नो पार्टीको भविश्य र हित मात्रै हेरेको भएपनि पहिलो चरणको निर्वाचन हुन सक्दैनथ्यो भन्दै प्रधानमन्त्री दाहालले देशको,संविधान कार्यान्वयनको र इतिहासको आवश्यकता हेरेर आफुले काम गरेको बताउनुभयो ।
आफ्नो दश महिने अवधिलाइ इतिहासले मुल्याकंन गर्ने बताउँदै उहाँले गतबर्ष सदनमा आफु माथि उठेका प्रश्नको जवाफ कसरी दिए भन्ने पनि इतिहासले मुल्याकंन गर्ने उल्लेख गर्नुभयो ।

दोश्रो चरणको निर्वाचन र त्यसपछिका प्रदेश र केन्द्रीय निर्वाचनपछि संक्रमणकालको अन्त्य हुने प्रधानमन्त्रीको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले भारत र चीन भ्रमणका बेला दुवै देशका नेताहरुसँग प्रष्टसँग कुरा गरेको बताउँदै पुराना र नयाँ बिषय अघि बढाउन चाहेको बताएको उल्लेख गर्नुभयो ।

देश तथा अर्थतन्त्र गतिशिल भएको भन्दै प्रधानमन्त्री दाहालले सम्वृद्धि चाहेको तर जस नदिए पनि हुने बताउनुभयो । नीति तथा कार्यक्रम स्पष्ट लक्ष्य सहितको संक्षिप्त भएको र देशलाइ दिशावोध गर्ने भएको दावी गर्नुभयो ।
प्रधानमन्त्री दाहालले प्रतिपक्षलाइ विश्वासमा लिएर काम गर्ने प्रयास निरन्तर गरेको पनि बताउनुभयो । विकास प्रति जनतामा आत्मविश्वास बढेको पनि दाहालको जिकिर थियो ।

देशलाइ निकास र गति दिन तथा नयाँ मुल्य मान्यता स्वरुप आफुले राजीनामा दिएर मात्रै सरकार काम चलाउ भएको बताउनुभयो ।
प्रधानमन्त्रीले संसदीय जोडघटाउ भन्दा देशको विकास आफ्नो प्राथमिकता भएको बताउनुभयो ।

झण्डै ३० पेजको परम्परागत नीति तथा कार्यक्रम टेवुलमा भएको भन्दै सवै दललाइ एक ठाँउमा ल्याउन र दोश्रो चरणको चुनाव गराउन आफुले नयाँ नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो ।

नीति तथा कार्यक्रममा छलफल गर्दै काँग्रेस सांसद प्रदीप गिरिले मधेशका समस्या समाधान गरेर अघि बढ्नुपर्नेमा जोडदिदै बहुमतको खेलमा लागेर लोकतन्त्रलाइ कमजोर नबनाउन सुझाव दिनुभयो ।

नेकपा एमालेका सांसद रेवतीरमण भण्डारीले सरकारको नीति र कार्यक्रम अघिल्लो एमाले नेतृत्वको सरकारकै नीति तथा कार्यक्रमले निरन्तरता पाएको उल्लेख गर्नुभयो । आर्थिक वृद्दिदर र लोडसेडिङ घटाउने बाहेक केही गर्न नसकिएको कुरा सरकार स्वयंले स्विकार्नु राम्रो कुरा नभएको उल्लेख गर्नुभयो ।

संविधान संशोधनको प्रस्तावलाइ धेरैले स्विकार नगरेको भन्दै उहाँले नीति तथा कार्यक्रममा संविधान संशोधनको बिषय समावेश हुनु गलत भएको बताउनुभयो ।
निति तथा कार्यक्रममा दोश्रो चरणको निर्वाचन गर्नेमा पुर्ण प्रतिवद्धता नभएको दावी गर्दै एमाले सांसद भण्डारीले जेठ ३१ को चुनाव सार्ने षडयन्त्र भए स्वीकार्य नहुने चेतावनी दिनुभयो ।

माओवादी केन्द्रकी सांसद रेखा शर्माले शान्तिसम्झौताका बाँकी कार्यभार पुरा गर्ने प्रतिवद्धता निति तथा कार्यक्रमले गर्नु सकारात्मक भएको उल्लेख गर्दै उज्यालो नेपाल र आर्थिक वृद्धिलाई सम्मान गर्नुपर्नेमा जोडदिनुभयो ।
राप्रपाका सांसद पर्शुराम तामाङले निति तथा कार्यक्रममा राष्ट्रिय महत्वका परियोजना परियोजनालाइ प्राथमिकता दिनु स्वागत योग्य भएको बताउँनुभयो ।
दिलबहादुर नेपालीले किसानको हितमा योजना आउनुपर्नेमा जोडदिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.