काठमाडौ । जेठ १५ । सरकारले आगामी जे७ ३१ गतेका लागि तय भएको स्थानीय तहको दोश्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय जनता पार्टी नेपाललाई समेत निर्वाचनमा सहभागी गराउने उद्देश्यले भन्दै निर्वाचनको मिति एक साता पर सार्ने निर्णय गरेको हो ।
मिति एक साता पर सारेपछि राजपा पनि निर्वाचनमा आउने सरकारको दावी छ ।
प्रमुख तीन दलका शीर्ष नेताहरुको आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पनि राजपा नेपाललाइ चुनावमा ल्याउन केही दिन चुनाव सार्नेबारे छलफल भएको थियो ।
अव मिति सारेपछि सरकारले दल दर्ता सम्बन्धी कानुनको संशोधन प्रकृयासमेत अघि बढाउने तयारी गरेको छ ।
तर राजपा नेपालका नेता महेन्द्र यादवले भने त्यसवारे आफुहरुसँग कुनै छलफल नभएको प्रतिकृया दिनुभयो ।