बुटवल । जेठ १५ । नारायणगढ देखि बुटवलसम्मको सडक ४ लेन बनाउन ७ अर्व ११ करोड बजेट छुट्टाइएको छ ।लुम्विनीलाई चीनसँग रेलमार्गद्धारा जोड्न प्राथमिकता दिइएको छ ।
भैरहवा र पोखरा सहित विमानस्थलका लागि १३ अर्व ७२ करोड छुट्टाइएको छ।
राष्ट्रिय गौरवका परियोजनालाई प्राथमिकता दिदै ४ परियोजनालाई ५ अर्व १६ करोड रकम छुट्टाइएको छ । ग्रामिण सडकलाई स्तरोन्नति गरिने छ ।
बुटवल बेलहियाको ६ लेनको सडक पनि दुइ बर्षभित्र पुरा गर्ने लक्ष्य बजेटको छ । बुटवलदेखि गोरखपुरसम्मको अन्तर्देशीय प्रशारण लाइन आगामी बर्षदेखि निर्माण शुरु गरिने छ ।