नेपाली सेनाको कार्गो विमान बाजुरामा दुर्घटना

बुटवल । जेठ १६ । नेपाली सेनाको कार्गो विमान बाजुरामा दुर्घटना हुँदा जहाजका पाइलट महासेनानी कैलाश गुरुङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते पाइलट गुरुङको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको हो ।
सेनाका लागि खाद्य सामग्री बोकेर सुर्खेतबाट हुम्लाको सिमकोट उडेको नेपाली सेनाको स्काई विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर विमानका को-पाइलट सुवेदार पूर्णबहादुर खड्का र विमान परिचारिका सहसेनानी अनिता आले गम्भीर घाइते भएको बाजुराका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिनुभयो ।

जहाज अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा पल्टिएपछि आगो लागेपछि सेना, प्रहरी र स्थानीयवासीले आगो निभाएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.