निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक, संघिय गठवन्धनले पनि आन्दोलनका कार्यक्रम स्थगित गर्यो

बुटवल । जेठ १७ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

सरकारले चुनाव असार १४ गते सार्ने निर्णय गरेपछि आयोगले बुधवार सार्वजनिक गरेको नयाँ कार्यतालिका अनुसार असार २ गते उम्मद्वारको मनोनयन दर्ता गर्ने मिति तय गरिएको छ ।

यस्तै उम्मेद्वारको विरोधमा उजुरी दिने र मनोनयन पत्र जाच्ने असार ३ र असार ४ गते उम्मेद्वारको नामावली प्रकाशन गर्ने र उम्मेद्धवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

असार ५ गते उम्मेद्धवारको अन्तिम नाम प्रकाशित गरी निर्वाचन चिन्ह्र प्रदान गर्ने कार्यतालिका रहेको छ । मन्त्रीपरिषद्को बुधवार बिहानको बैठकले असार नौ गते मुस्लिम समुदायको महान् पर्व रमजान पर्ने भएकाले असार १४ गते चुनाव सार्ने निर्णय गरेको थियो ।

यसैबीच राष्ट्रिय जनता पार्टी सम्मिलित संघीय गठवन्धनले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । राजपाका महासचिव मनिष सुमनले १७, १८ र १९ को आन्दोलन स्थगित गरिएको जानकारी दिनुभयो ।

गठवन्धनले बुधवार मसाल जुलुस प्रदर्शन गर्ने र भोलि र पर्सि तराई मधेस-थरुहट र लिम्बुवानमा आमहड्ताल गर्ने घोषणा गरेको थियो । राजपाले भने चुनावमा सहभागी हुने प्रतिवद्धता भने जनाइसकेको छैन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.