राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा बहुमतीय प्रधानमन्त्री चयनको प्रकृया अगाडि बढाउन दलहरुलाई आब्हान

काठमाडौ । जेठ १८। राष्ट्रिय सहमतिको सरकार गठनका लागि दिएको सात दिनको समय दलहरुले विना सहमति गुजारेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रधानमन्त्री चयनको प्रकृया अगाडि बढाउन राजनीतिक दलहरुलाई आब्हान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रक्रिया अघि बढाउन विहिवार दलहरुलाई आह्वान गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेद्धारा जारीँ विज्ञप्तिमा बहुमतीय आधारमा प्रधानमन्त्री चयन गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नका लागि व्यवस्थापिका–संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई राष्ट्रपति भण्डारीले आव्हान गर्नुभएको उल्लेख गरिएको छ ।
राष्ट्रपति भण्डारीले यसअघि जेठ ११ गते नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका–संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहमतिका आधारमा सात दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आग्रह गरे पनि सो समयावधिभित्र दलहरुले सहमतिका लागि छलफल समेत गरेका गरेका थिएनन् ।
मंगलवार काँग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि दलहरुको बैठक बोलाएपछि एमाले सहभागी भएको थिएन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.