बदर मत कम गर्न गुल्मीमा नमुना मतदान

बुटवल । जेठ १८ । स्थानिय तहको पहिलो चरणको निर्वाचनमा शिक्षित मतदाता रहेको स्थानमा समेत धेरै मत बदर भएपछि दोस्रो चरणको स्थानीय तह चुनाव हुने गुल्मीमा भने नमुना मतदान शुरु गरिएको छ । असार १४ गते हुने चुनावको तयारी गरिरहेको निर्वाचन कार्यालय गुल्मीले बदर मत कम गर्न नमुना मतदान शुरु गरेको हो मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद मरासिनीले जानकारी दिनुभयो ।
गुल्मीको सत्यवती गाउँपालिकाको हंसरा मतदान केन्द्रबाट नमुना मतदान शुरु गरिएको हो । गुल्मीका दुई नगर र दश गाउँपालिकाकामध्ये दुई स्थानमा नमुना मतदान गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला निर्वाचन अधिकारीसहित पुगेको टोलीले मतदान गर्ने तरिका समेतका विषयमा मतदातालाई जानकारी गराएका थिए ।
गुल्मीमा एक लाख ८० हजार सात सय ७५ मतदाता छन् । गुल्मीमा निर्वाचनका लागि एक सय ४० वटा केन्द्र निर्धारण गरिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.