भरतपुरमा ९० वटा मतपत्र धुजाधुजा, मतपत्र च्यात्ने माओवादी कार्यकर्ता रिहा, मतगणना शुरु नगरे एमालेले संसद चल्न नदिने

बुटवल । २०७४, जेठ १८। भरतपुर महानगरपालिकामा माओवादीका कार्यकर्ताले ९० वटा मतपत्र च्यातिएको पाइएको छ ।

राजनीतिक दलका प्रतिनिधि,उम्मेदवार र सुरक्षा निकायको रहोबरमा भएको गणनामा ९० वटा मतपत्र च्यातेको अवस्थामा भेटिएको हो । च्यातिएकामध्ये अधिकांश मतपत्र टुक्राटुक्रा परेर गन्न नमिल्ने अवस्थामा छन् । १९ नम्बर वडामा कूल १८ सय ९७ मत खसेको थियो ।

१८ सय ९ मत गनिसकिएकोले ९ सय ९८ मत सही अवस्थामा रहेको र ९० मत च्यातिएको अवस्थामा भेटिएका छन् । माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना रोकिएको भरतपुरमा बिहिवार च्यातिएको मतपत्रको गणना गर्दा यस्तो भेटिएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताउनुभयो ।

उहाँले आयोगलाई त्यही प्रतिवेदन पठाएको र आयोगले गर्ने निर्णय कार्यान्वयन गरेर अघि बढ्ने पनि बताउनुभयो ।
भरतपुर महानगरको १९ नम्बर वडाको मत गन्ने क्रममा माओवादी केन्द्र कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटी ले मतपत्र च्यातेका थिए ।

यसैवीच गत आइतबार मध्यरातमा मतपत्र च्यातेको आरोपमा पक्राउ परेका माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटीलाई अदालतले १–१ लाख धरौटीमा रिहा गरेको छ ।

भरतपुर महानगरपालिकाको रोकिएको मतगणना शुरु गर्न माग गर्दै एमालेले विहिवार पनि संसद अवरोध गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.