बुटवल । जेठ १८ । गुल्मेली सम्पर्क समाज रुपन्देहीको तेह्रौ स्थापना दिवस विविध कार्यक्रम सहित मनाइएको छ ।
२०६० सालमा स्थापना भएको समाजको स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालय तिलोत्तमा नगरपालिका रुपन्देही स्थित श्रृगेश्वर धाम भवनमा शुभकामना आदान प्रदान गरियो ।
अध्यक्ष हिराबहादुर भलामीको अध्यक्षतामा भएको कार्यक्रममा गुरुयोजना अनुसार काम अघि बढाउने र जेष्ठ नागरिक केन्द्र सफल बनाउने बिषयमा पनि छलफल भएको छ ।
त्यस अवसरमा महासचिव पारसमणीले समाजले गरेको सामाजिक गतिविधिबारे पनि जानकारी गराउनुभएको थियो ।