काठमाडौ । जेठ १९। राजस्व हिनामिना गरेको आरोपमा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
शर्मालाई लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागको कार्यालय परिसरबाटै शुक्रबार दिउँसो अख्तियारको टोलीले पक्राउ गरेको हो। शर्मामाथि कर फर्छ्यौट आयोगबाट गैरकानुनी रुपमा ब्यवसायीलाई २० अर्ब रुपैयाँ उन्मुक्ति दिएको, एनसेल को बिक्री करमा छुटको लबिङ गरेको लगायतका आरोप लागेका छन् ।
केहिदिनअघि शर्मा लगायतका विभागका अधिकारीलाई अख्तियारले कार्यालयमा नै बोलाएर सोधपुछ र फारम भर्न लगाएको थियो।
कर अनिमितताबारे राजश्व प्रशासनबाट प्रकाउ पर्ने शर्मा उच्च तहका कर्मचारी हुन ।