प्रधानमन्त्री निर्वाचनको कार्यतालिका २३ गतेसम्मका लागि सर्यो, राप्रपा र संघीय फोरमले देउवालाई मत दिने

काठमाडौ । जेठ २१ संसदको अवरोध खुलाउने बिषयमा दलहरु विच कुरा नमिलेपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका प्रभावित भएको छ ।

दलहरुबीच सहमतिको प्रयास सफल हुन नसकेपछि संसदबाट चालिसौ प्रधानमन्त्री चयन प्रकृया शुरु हुन नसकेपछि संसद बैठक २३ गतेसम्मका लागि सरेको छ ।

आइतवार विहानै देखि भएका छलफल निष्कर्षमा पुग्न नसकेपछी बैठक जेठ २३ गते १ बजेसम्मका लागि सुचना टाँसेर सारिएको छ ।
संसद स्थगित भएपछि बाहिरिने क्रममा प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गर्नुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेले दुइ दिन समय मागेकोले आफुले समय दिएको बताउनुभयो ।

देउवाको उम्मेदवारीलाई प्रक्रियामा लैजाने कार्यसूचीका साथ बिहान ११ बजे बैठक बोलाइएको थियो । तर, प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने संसदीय प्रकृयाबाट प्रधानमन्त्री निर्वाचनको कार्यक्रम नआएको भन्दै संसद अवरोध गर्ने अडान राखेको थियो ।

त्यसपछि भएका वार्ताहरु पनि निष्कर्षमा नपुगेपछि दुइदिन थप छलफल गरेर सहमतिमा पुग्ने गरि बैठक सकिएको एमाले नेता माधवकुमार नेपालले पत्रकारहरुलाई बताउनुभयो ।
नयाँ प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको एकल उम्मेदवारी परेको छ ।

यसैविच आइतवार दिनभर भएका वैठक र छलफलपछि राप्रपा र संघिय समाजवादी फोरमले प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरवहादुर देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको छन। राप्रपाले सरकारमा समेत जाने गरी मन्त्रालयमा कुरा मिलाउन महासचिव जयन्त चन्दको नेतृत्वमा दिलनाथ गिरी र कुन्ती शाही सदस्य रहेको समिति नै बनाएको छ । राप्रपाले चार मन्त्रालय पाउने बताइएको छ ।

उता उपेन्द्र यादव नेतृत्वको फोरमको बैठकले सरकारमा नजाने गरि समर्थन गर्ने निर्णय गरेको नेता अशोक राइले जानकारी दिनुभयो ।
कांग्रेस सभापति देउवाले प्रधानमन्त्री निर्वाचनपछि संविधान संशोधन गरी मधेसी, आदिवासी जनजाति, थारु लगायतको माग सम्बोधन गर्ने लिखित प्रतिवद्धता जनाएको पनि फोरम नेपालले बताएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.