कस्ता छन माओवादी केन्द्रका रुपन्देहीका उम्मेदवार ? बुटवलमा भने कुरा मिल्न बाँकी

बुटवल । जेठ २१ नेकपा माओवादी केन्द्रले असार १४ गते हुने दोश्रो चरणको स्थानीय तह निर्वाचनका लागि बुटवल उपमहानगरपालिकाको मेयरमा ३ जनाको नाम सिफारिस गरेको छ ।
कसलाई उम्मेदवार बनाउने भन्नेमा विवाद भएपछि माओवादीले बुटवलको मेयरमा दयाराम न्यौपाने,रामप्रसाद बञ्जाडे र जगत पोखरेलको नाम सिफारिस गरेको हो ।
उपमेयरमा भने कृष्ण पोखरेल,मञ्जु भुसाल र टीका वलीको नाम सिफारिस गरिएको छ ।
नेकपा माओबादी केन्द्रले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै अन्य तहको उम्मेवारको भने टुगो लगाएको छ । रुपन्देही जिल्लामा १६ स्थानीय तह छन । माओवादीका जिल्ला इन्चार्ज हकि कुल्लाह खां का अनुसार सिद्धार्थनगर नगरपालिका भैरहवामा मेयर फैज अहमद खां र उपमेयर कमला थापा,तिलोत्तमा नगरपालिकामा लक्ष्मण खनाल मेयर र राधिका पौडेल तथा देवदह नगरपालिकाको मेयरमा नवराज पुरी र उपमेयरमा टीका गौतमलाइ उपमेयर बनाइएको छ ।
सैनामैनामा चेतनारायण न्यौपाने,उपमेयरमा दिपिका शर्मा त्यस्तै लुम्बिनी सांस्कृतीक नगरपालिकामा हरिबहादुर यादब,उपमेयरमा कल्पना हरिजन उम्मेदबार बनेका छन ।
त्यस्तैगरि १० गांउपालिकाका अध्यक्ष तथा उपाध्यक्षमा क्रमश गैंडहवा गांउपालिकामा पुष्परतन पाण्डे, र सरस्वती थारु,कंचन गाउँपालिकामा बिनोद कुमार पु्न र कुमारी घर्ति मगर उम्मेदवार बनेका छन ।
यस्तै रोहिणीमा प्रदीपकुमार पाण्डे र सरस्वती गुप्ता, सियारीमा गोपाल पोखरेल र धनकुमारी थारु, ओमसतियामा हिराबहादुर केवट र सुन्दरमति कुमारी हरिजन तथा शुद्धोधनमा गोबिन्द चौधरी र बिष्णु कार्की उम्मेदवार छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.