बुटवल । जेठ २१ । चौतर्फी दवाव बढ्दै गएपछि मोवाइल कम्पनी एनसेलले थप १३ अर्ब ६० करोड रुपैयाँ लाभकर बुझाएको छ ।
ठूला करदाता कार्यालयले दिएको जानकारी अनुसार एनसेलले आईतबार पूँजीगत लाभकरको १३ अर्ब ६० करोड रुपैयाँ बुझाएको हो । यसअघि ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ बुझाइसकेको छ ।
आयकर ऐनले विदेशी लगानीकर्तालाई कारोबारमा लाभ भएको रकममा २५ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था छ ।
अव एनसेलले १० प्रतिशत कर बुझाउन बाँकी रहेको बताइएको छ ।