उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पत्रकार शेरबहादुर के.सीलाई

बुटवल, २२ जेठ । विश्व बातावरण दिवसको अवसरमा रुपन्देहीको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पत्रकार शेरबहादुर के.सीलाई प्रदान गरिएको छ ।
सोमवार भैरहवामा आयोजित कार्यक्रममा पत्रकार शेर बहादुर के.सीलाई बातावरणीय उत्कृष्ट पत्रकारिता पुरस्कार २०७३ प्रदान गरिएको हो ।
पत्रकार स्थापनाकर्ता नारायण सापकोटा र नेपाल पत्रकार महासंघ रुपन्देहीले के.सीलाई नगद २५ हजार सहित पुरस्कार प्रदान गरेको हो । के.सी नागरिक दैनिक बुटवल संवाददाता तथा लुम्बिनी दैनिकका उप सम्पादक हुनुहुन्छ ।
सो अवसरमा बोल्दै पुरस्कृत हुनुभएका पत्रकार शेर बहादुर के.सीले खेती बारिमा राखिने रसाएनिक मलका बातावरणिय प्रभाव रहेको भन्दै त्यसको नियन्त्रणमा सवै चासो राख्नुपर्ने बताउनुभयो । उहाले उद्योगले प्रदुषित पानी सिधै खोलामा फाल्दा पानी खाएर चराहरु समेत पर्ने गरेको भन्दै त्यस्ता उद्योगहरुलाई कारबाही गर्न प्रसासन तयार हुनुपर्ने बताउनुभयो ।
यसैवीच प्राकृतिक दोहनका कारण बातावरणणिय प्रभाव उच्च भएको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । उनीहरुले बातावरणिय प्रभावका कारण मौसममा आउने परिवर्तनले चुनौती ल्याउने समेत बताए । आज भैरहवामा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले आयोजना गरेको बातावरण अन्र्तक्रिया तथा उत्कृष्ट बातावरण पुरस्कार वितरण समारोहमा बोल्नुहरुले प्राकृतिक दोहन नियन्त्रण अहिलेको आवश्यकता भएको औल्याए ।
कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहले जलबायु परिवर्तनका कारण मौसममा हुने परिवर्तन चुनौती बन्दै गएको बताउनुभयो । बातावरणलाई स्वच्छ बनाउ सवै तह र तप्काका आम समुदाय लाग्नुपर्ने भन्दै बातावरण संरक्षण गर्नुपर्ने बताउनुभयो । उहााले नदि क्षेत्रमा उद्योगकलकारखानले सिधै ढल निकास गर्ने गर्दा त्यसको असर बातावरणमा हुने हुदा त्यस्ता उद्योगहरुलाई कारबाहीको दायरामा ल्याउन आफु लाग्ने बताउनुभयो । उहााले नदि उत्खननका कारण हुने क्षति अति संवेदनशिल भएको भन्दै चुरेको संरक्षण गर्न जरुरी रहेको बताउनुभयो । उहााले चुरेको उत्खननले तिनाउको समस्या सधै दोहोरिने समेत प्रष्ट पार्नुभयो ।
जिल्ला बन कार्यालय कार्यालय रुपन्देहीका प्रमुख रोमराज लामिछानेले बातावरणिय प्रभाव न्युनिकरणका लागि कार्यालय लागि परेको बताउनुभयो ।
त्यस्तै दिलिप भटराईले औद्योगिक क्षेत्रले लुम्बिनीलाई विनास गर्न खोजेको भन्दै समयमा नै यस बारे सोच्नुपर्ने आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष बालकृष्ण चापागाईले तिनाउको भविष्य खतारमा रहेो भन्दै त्यसलाई बचाउन सवैको ध्यान जान जरुरी रहेको बताउनुभयो । कार्यक्रममा पुर्व अध्यक्ष विनोद पहाडि, प्रेस सेन्टरका प्रदेश नंं ५ का उपाध्यक्ष रुद्रहरी कुावर, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष अमृत गिरी, क्रियाशिल महिला पत्रकार समुह डव्लुडव्लु जे की अध्यक्ष भगवती पाण्डे, सञ्चारिका समुह लुम्बिनीकी अध्यक्ष अमृता अनमोल, प्रेस क्लव लुम्बिनीका महासचिव नरेश के.सी, रुपन्देही एफएमका अध्यक्ष रामप्रसाद बस्याल लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रम नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिनेश पाण्डेको अध्यक्षता, उपाध्यक्ष निरु गौतमको स्वागत तथा सह सचिव कमल रायमाझीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.