सत्ताको आडमा कहाँ हार्न नहुने हो, को उम्मेदवार भए हार्न नसक्ने हो हामीलाई भन– एमाले अध्यक्ष ओली

काठमाडौ । जेठ २३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकाका कुल २९ वडा मध्ये २० नम्वर वडाको मत नगनेको र १९ नम्वर बडाको धेरै मत गन्दा ७८४ मतले एमाले उम्मेदवार देवी ज्ञवाली अगाडी रहेको र मतगणना अन्तिम अवस्थामा पुगेको बेला रेणु दाहालका प्रतिनिधिले मतपत्र च्यातेको र उनीहरुलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएपछि मतगणना नगरेर सुनियोजित प्रयास स्वरुप फेरि मतदान गराउने खेल भएको ओलीको आरोप लगाउनुभएको छ ।
ब्यवस्थापिका संसदमा मंगलवार सम्वोधन गर्दै एमाले अध्यक्ष ओलीले केही मतपत्र च्यातिनासाथ फेरी मतदान गराउने षडयन्त्र सत्ताको आडमा भएको र सत्तापक्ष हार्न तयार नभएर भएको भन्दै कहा हार्न नसक्ने हो कसले हार्न नहुने हो त्यसबारे एमालेलाई पनि भनेको भए मानसिक तयारी गर्थ्यौ भन्दै ओलीले मतपत्र कसले च्यातेको भन्ने त सरकार पक्षले नै भनेका छन र त्यहा कब्जा नभएको भनेर सरकार पक्षले नै भनेको बताउनुभयो ।
भरतपुरमा मत च्यात्दा अपराधिक मानसिकताले च्यातिएको तर निर्वाचनका प्रतिनिधि, सुरक्षाकर्मी, निर्वाचन आयोगका अधिकारीहरु वा कोही पनि कब्जामा नभएको स्थितिमा कसरी कब्जा हुन्छ– ओलीको प्रश्न थियो ।
मुख्य निर्वाचन अधिकृतको काम षडयन्त्रपुर्ण भएको र त्यहीबाट घटनाले गलत मोड लिएको पनि ओलीको भनाई थियो ।
भारत र श्रीलंकाका वीचमा क्रिकेटको सेमिफाइनल कलकत्तमा हुँदा भारतले २५२ रनको लक्ष्य दिएको र श्रीलंकालाई खेल्दै गर्दा नै भारत पक्षले खेल्न नदिएकोले श्रीलंकालाई विजयी घोषित गरिएको थियो भन्ने प्रसंग उल्लेख गर्दै ओलीले भन्नुभयो– हारेको कबुल त मतपत्र च्यातेपछि भैसकेको भैसक्यो नि ।
मतदान जनताको प्रतिनिधि छान्ने अधिकार हो र मतगणना जनमतको फैसला गर्ने विधि हो त्यसको रक्षा सरकारले र निर्वाचन आयोगले गर्ने हो भन्दै ओलीले अपराधिक कृयाकलापले जनमत अस्वीकार गर्ने षडयन्त्र हो भन्नुभयो ।
चुनाव हार्ने भएपछि मतपत्र च्यात्ने हो भने लोकतन्त्रको भविश्य प्रणाली र प्रकृया के हुन्छ भन्ने ओलीले प्रश्न गर्नुभयो–प्रतिनिधिले गरेको गल्तीबारे जवाफदेही हुनुपर्दैन ?
मतपत्र च्यातिएकोबारे तपाइ र पार्टीको भनाइ के हो शेरबहादुर देउवाले जवाफ दिनुहोला– ओलीले भन्दै गर्दा देउवा मुसुमुस हाँस्दै हुनुहुन्थ्यो ।
माओवादी केन्द्रको पनि उस्तै अवस्था रहेको भन्दै ओलीले अपराधकर्मलाई दण्डित हैन पुरस्कृत गर्ने प्रवृति गलत भएको बताउनुभयो ।
राज्यका अंगलाई निष्प्रभावी बनाउने र नियन्त्रणमा राखेर तानशाही शासनको शुरुवात हुने भन्दै ओलीले प्रधानन्यायाधिशलाई महाअभियोग,प्रहरीलाइ प्रकाउ गर्ने जस्ता खेल भएको र हिटलर पनि त्यस्तै गरी चुनावबाटै आएको टिप्पणी गर्नुभयो ।
निर्वाचन आयोगले उपयुक्त फैसला गर्न नसकेको र अदालतमा मुद्दा परेको अवस्थालाई ध्यानमा राखेर एमाले आगामी दिनमा सच्चिने विश्वास सहित संसद सुचारु गर्न अग्रसर भएको बताउनुभयो ।
लोकतन्त्रका मुल्य मान्यता र शक्ति पृथकीकरणका सिद्धान्त तथा स्वतन्त्र न्यायपालिका लगायतका बिषयमा मतभेद भएकोले यसअघि संसदको अवरोध भएको बताउनुभयो ।
एमाले संसद चलोस र सरकार सहि ढंगले अघि बढोस भन्ने चाहेको तर सरकारले जिद्दी र बलमिच्याइ गरेकोले संसद अवरोध हुने स्थिति बनेको भन्दै नयाँ सिराबाट संसद सुचारु गर्ने परिस्थिति बनेको बताउनुभयो ।
पहिलो चरणको स्थानीय निर्वाचन सकिएपछि दोश्रो चरणको निर्वाचन स्वतन्त्र र शान्तिपुर्ण रुपमा सम्पन्न गर्दै प्रदेश र संघीय संसदको निर्वाचन समेत आगामी माघ ७ भित्र सफल निर्वाचन गर्नुपर्ने अवस्था रहेको ओलीको भनाई थियो ।
पहिलो चरणको निर्वाचनमा सत्तापक्षले बुथ कब्जादेखि मतपत्र च्यात्ने सम्मका काम भएको भन्दै ओलीले भरतपुर लगायतका घटनाको छानविन गरेर निष्पक्ष प्रतिवेदन समयमै दिनुपर्ने उल्लेख गर्नुभयो ।
झण्झट लागेर हो वा नसकेर हो अथवा उहाँलाइ काम गर्न असहयोग भएर हो वा अरु कसैलाई हतारो भएर हो प्रधानमन्त्री दाहालले बताउनुहोला भन्ने ब्यङ्ग्य गर्दै ओलीले चुनावको विचमा राजीनामा दिनुपर्ने अवस्थाबारे सदनले जानकारी पाउनुपर्ने बताउनुभयो ।
नीति कार्यक्रम आएपछि स्वामित्व लिएर तथा १५ गतेको बजेट ल्याएर र दोश्रो चरणको निर्वाचन गराएर राजीनामा दिएको भए उपयुक्त हुने ओलीको भनाई थियो ।
महाअभियोग प्रस्ताव आवेग र उत्तेजनाले ल्याएको आरोप लगाउँदै ओलीले शक्तिको दुरुपयोग र संसदको मर्यादामाथि आघात हुने गरि लोकतन्त्रका मुल्यमान्यता माथि मजाक भएको धारणा राख्नुभयो ।
मंगलवारदेखि उमेर हदले सेवानिवृत हुनुभएकी प्रधानन्यायाधिश सुशीला कार्कीलाई पेन्सन पट्टा बनाउन जाँदा अर्थमन्त्रालयले महाअभियोग छ भनेर पेन्सनपट्टा नबनाइदिएको भन्दै एमाले अध्यक्ष ओलीले आपत्ति जनाउनुभयो ।
सरकारविहिनता उब्जाएकैले कर्मकाण्डी नीति तथा कार्यक्रम र बजेट आएको पनि ओलीको टिप्पणी थियो ।

अध्यक्ष ओलीले एमालेलाई मधेश विरोधी भनेर अफवाह फैलाइएको उल्लेख गर्दै क्षेत्रिय, जातीय, सम्प्रदायीक वा भाषिक पार्टी भएकोले देशका सवै जनताको हितमा काम गर्ने स्पष्ट पार्नुभयो ।
२००८ सालमा वेदानन्द झाले काँग्रेस छाडेर तराइ काँग्रेस खोल्नुभो । १५ सालमा रघुनाथ ठाकुरले काँग्रेस छाडेर नयाँ पार्टी खोल्नुभयो । गजेन्द्र नारायणसिंहले काँग्रेस छाडेर सदभावना पार्टी खोलेको र जातीय विभेद असमानता भयो लगायतका बिषय उठाएर गएको प्रसंग उल्लेख गर्दै ओलीले एमाले छाडेर जानेहरु पनि केही भएको स्वीकार गर्नुभयो ।
ओलीले इतिहास उल्लेख गर्दै भन्नुभयो– मधेशका पक्षमा अधिकार दिने भन्दै ५० साल पुस ५ गते ४ बुँदे सहमति भएको थियो । त्यसवेला सरकारका तर्फबाट देउवा मन्त्री सहितले हस्ताक्षर गरेका थिए । ५५ साल कार्तिक ६ गते अर्को सम्झौता भएको थियो त्यसमा सरकारका तर्फबाट अर्जुननरसिंह केसी मन्त्री हुनुहुन्थ्यो । ६४ भदौ १३ गते सरकारका तर्फबाट रामचन्द्र पौडेलले हस्ताक्षर गर्नुभएको थियो । ६४ फागुन १६ गते सरकारका तर्फबाट गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेको सम्झौता भएको थियो । ती सवै हस्ताक्षर गरेको र नमानेका सवै काँग्रेस सरकारले नै हो ।त्यसैले एमाले मधेश विरोधी हैन भन्नुभयो ।
ओलीले २२ क्याटोगोरीका पदक वितरणमा भएको असमानताको प्रसंग उल्लेख गर्दै यसपटक ५१४ वटा पदक वाड्दा मधेशका भागमा ५४ वटा परेछन भन्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.