बाह्र बर्षपछि देउवा चौथो पटक प्रधानमन्त्री निर्वाचित

काठमाडौ । जेठ २३ । नेपालको राजनीतिमा बाह्र बर्षपछि खोलो फर्किएको छ । प्रधानमन्त्री पदबाट अपदस्त भएको १२ बर्षपछि हालका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औ प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको छ ।

संसदमा मंगलवार भएको निर्वाचनमा ३८८ मत पाएर एक्ला उम्मेदवार देउवा प्रधानमन्त्री निर्वाचित हुनुभएको हो । देउवाको विपक्षमा १७० मत परेको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई काँग्रेस बाहेक माओवादी केन्द्र, राप्रपा, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल लगायतले मत दिएका हुन । एमाले, माले, मजदुर किसान पार्टी, परिवार दल लगायतका दलहरु भने विपक्ष उभिएका थिए ।

निर्वाचित भएपछि प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयन र निर्वाचन मुख्य प्राथमिकता हुने बताउनुभयो ।

देउवा गणतन्त्रपछिका १० वर्षमा १०औँ प्रधानमन्त्री बन्नुभयो । यसअघि देउवा २०५२ सालमा पहिलो पटक २०५८मा दोश्रो पटक र २०६१ जेठ २१ देखि २०६१ माघ १९ सम्म तेश्रो पटक प्रधानमन्त्री बन्नुभएको थियो ।

२०६१ साल माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले देउवालाई ‘कु’ गरेर अपदस्त गरेपछि देउवालाई प्रधानमन्त्री हुन १२ बर्ष कुर्नुपर्यो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.