मन्त्रीबारे काँग्रेसमा किचलो, माओवादीका महरा, शर्मा र शाह

काठमाडौं। जेठ २३। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा बुधवार हुने शपथ ग्रहणसँगै पहिलो मन्त्रिपरिषद् बिस्तारमा माओवादी केन्द्रले कृष्णवहादुर महरालाई उपप्रधान तथा परराष्ट्र, जर्नादन शर्मालाई गृह र प्रभु शाहलाई विना विभागिय मन्त्री बनाउने निर्णय गरेको छ । बुधबार विहान बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले पहिलो चरणमा ३ मन्त्रीको नाम टुंगो लगाएको हो । महरा यसअघिको दाहाल नेतृत्वको सरकारमा अर्थमन्त्री र शर्मा उर्जामन्त्री हुनुहुन्थ्यो ।
नेपाली काँग्रेसमा भने मन्त्री बनाउने बिषयमा किचलो भएको छ । मापदण्ड नबनाई देउवा पक्षले एकलौटी गरेर अघि बढ्न लागेको भन्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असुन्तुष्टि जनाएको छ । कुरा नमिलेपछि पौडेल पक्षले पहिलो चरणमा आफ्ना तर्फबाट मन्त्रीमा कसैलाई नपठाउने भएको छ । विवादका कारण देउवाले गोपालमान श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्कीलाई मात्रै पहिलो चरणमा सरकारमा लैजादै हुनुहुन्छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.