प्रधानमन्त्री देउवाको कार्यकाल साढे सात महिना– एमाले नेता नेपाल

काठमाडौ । जेठ २४ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शेरबहादुर देउवा नेतृत्वको सरकारको कार्यकाल अवका साढे सात महिना मात्रै भएको बताउँदै छोटो कार्यकालमा विगतमा जस्तो गल्ती नगर्न सुझाव दिनुभएको छ ।

प्रेस चौतारी नेपालले बुधवार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै एमाले नेता नेपालले आगामी माघ ७ गते भित्र सवै निर्वाचन सकेर नयाँ सरकारलाई देउवाले सत्ता हस्तान्तरण गर्नुपर्ने भएकोले एमालेले गुण र दोषका आधारमा सरकारको समर्थन र विरोध सहित मुल्याकंन गर्ने बताउनुभयो ।

नेता नेपालले नयाँ प्रधानमन्त्रीलाई अव साढे सात महिना मात्रै काम गर्ने समय भएकोले शंकाको लाभ दिने पनि बताउनुभयो ।

एमाले नेता नेपालले देउवा नेतृत्व सरकारले असार १४ मा स्थानीय तहको दोश्रो चरणको निर्वाचन र आगामी कार्तिक वा मंसिर भित्र प्रदेश र संघीय संसदको निर्वाचन गरिसक्नुपर्नेमा जोडदिनुभयो ।
नेपालले सत्ता जोगाउनका लागि अनुचित कार्य नगर्न र विगतका कमजोरी सुधारेर मुलुकलाई अगाडी लैजान देउवालाई सुझाव समेत दिनुभयो ।

स‌विधान संशोधनका विषयमा स्थानीय तहको निर्वाचनपछि छलफल हुने भन्दै नेता नेपालले पहिलो चरणको निर्वाचनमा एमालेलाई खुम्च्याउने उद्देश्यले तीन वटा प्रदेशमा निर्वाचन गरिएको र अव तराइमा पनि एमाले पहिले पार्टी बन्ने दाबी गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.