प्रधानमन्त्री देउवाद्धाराको कार्यकाल शुरु, तीन उपप्रधान तथा चार मन्त्रीले पनि लिए शपथ

काठमाडौ । जेठ २४ । नव निर्वाचित प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहण वाचन गर्दा देउवा केही अल्मलिनुभएको थियो ।

नयाँ सरकारमा तीन जना उप्रधानमन्त्री बनेका छन । राष्ट्रपति भण्डारीले उपप्रधानमन्त्रीहरुलाई पनि शपथ गराउनुभएको थियो ।

नेपाल लोकतान्त्रिक फोरमका विजयकुमार गच्छदार माओवादी केन्द्रका कृष्णबहादुर महरा र कांग्रेसका तर्फबाट गोपालमान श्रेष्ठ उपप्रधानमन्त्री बन्नुभएको छ ।

उपप्रधानमन्त्री गच्छदारले स्थानीय विकास मन्त्रालयको, महराले परराष्ट्र र श्रेष्ठले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नु हुनेछ।

यसैगरी राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई समेत पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

नवनियुक्त मन्त्री कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ, फर्मुल्लाह मन्सुरले श्रम तथा रोजगार एवं माओवादी केन्द्रका जनार्दन शर्माले गृह मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । माओवादीकै प्रभु शाह बिना विभागीय मन्त्री बन्नुभएको छ ।

माओवादीबाट उपप्रधानमन्त्री बनेका महरा यसअघि अर्थ र गृहमन्त्री बनेका शर्मा यसअघि उर्जा मन्त्री हुनुहुन्थ्यो ।
राष्ट्रपति कार्यालयमा शपथपछि परिचयात्मक कार्यक्रम भएको थियो । शपथ पछि देउवाले आजै पदबहाली गरेर पहिलो निर्णयमा हस्ताक्षर समेत गर्दैहुनुन्छ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.