हिमालयन शेर्पा क्लव क्वाटरफाइनलमा

बुटवल । जेठ २४ । हिमालयन शेर्पा क्लव राजधानीमा जारी ललित स्मृती अन्डर १८ फुटबल प्रतियोगिताको समुह सी बाट उपविजेताका रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा हिमालयनले न्युरोड टिम एनआरटीलाई छ चार गोल अन्तरले पराजित गरि क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

जित्नैपर्ने दबावका साथ मैदानमा उत्रिएको हिमालयनको जितमा बालप्रसाद गुरुङले हृयाटि्र गरेका थिए । खेलको चौथो मिनेटमा नै बालको गोल मार्फत हिमालयनले अग्रता बनाएको थियो ।

तर १९ औ मिनेटमा एनआरटीका सजिन राईले गोलगरी खेललाई बराबरीमा पुरयाए । त्यसपछि २४ औ मिनेटमा पुन बालले नै हिमालयनका लागि दोस्रो गोल गरे भने ३२ औ मिनेटमा विशाल तामाङले गोल गर्दै अन्तर तीन एकमा पुर्याए । ३७ औ मिनेटमा अविनाश तामाङले शेर्पाका लागि चौथो गोल थपे ।

पहिलो हाफको इन्जुरी समयमा मनिश पाण्डेले एनआटरीका लागि गोल गर्दै अन्तर चार दुई पुरयाए । दोस्रो हाफमा शेर्पाले थप दुई गोल गर्दा एनआरटीले एक गोल गरयो ।

समुह सी बाट जाउलाखेल समुह विजेताका रुपमा क्वाटरफाइनलमा पुगिसकेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.