ईरानको संसद भवनमा आतंकवादी आक्रमण

बुटवल । जेठ २४ । ईरानको राजधानी तेहरानस्थित संसद भवनमा आतंकवादी आक्रमण भएको छ ।

संसद भवन परिसरमा ईस्लामिक स्टेट आईएसका चारजना बन्दुकधारी संसद भवन परिसरभित्र छिरेर आक्रमण गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन ।

घटनामा एक दर्जन भन्दा बढीको मृत्यु भएको र दर्जनौं मानिस घाइते भएको समाचारमा जनाईएको छ ।

त्यस्तै, ईरानका पूर्व धार्मिक नेता आयतोल्लाह खुमेनीको समाधिस्थलमा पनि गोलावारी भएको छ ।

महिला आत्मघाती आक्रमणकारीले आफुलाई बमले उडाएको बताईएको छ । समाधिस्थलमा भएको घटनामा एकजनाको मृत्यु भएको बताईएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.