मन्त्रीहरु सवै पुरानै अनुहारका,पहिलो चरणमा महिला र दलित समुदायको कोही परेन

काठमाडौ । जेठ २४ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा तीन उपप्रधानसहित सातजना मन्त्री नियुक्त भएका छन् । तर कोही पनि नयाँ अनुहारका छैनन सवै पुरानै अनुहारका हुन ।

पहिलो चरणमा कांग्रेसबाट ३, माओवादी केन्द्रबाट ३ र लोकतान्त्रिक फोरमबाट १ जना मन्त्री भएका छन् ।

उपप्रधानमन्त्रीहरुमा विजयकुमार गच्छदार गोपालमान श्रेष्ठ र कृष्णबहादुर महरा यसअघि पटकपटक मन्त्री भैसकेका अनुहारहरु हुन ।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका गच्छदारले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, कांग्रेस नेता श्रेष्ठले शिक्षा र मा‌ओवादी केन्द्रका नेता महराले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । महरा यसअघिको सरकारमा उपप्रधान एवंा अर्थमन्त्री हुनुन्थ्यो ।

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री हुनुभएको छ भने माओवादी केन्द्रका जनार्दन शर्मा गृहमन्त्री । शर्मा यसअघि मा‌ओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उर्जामन्त्री हुनुहुन्थ्यो भने कार्की यसअघि पनि मन्त्री भएका ब्यक्ति हुनुहुन्छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.