काठमाडौ । जेठ २४ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी असार १४ गते स्थानीय तहको दोश्रो चरणको निर्वाचन सहित आगामी माघ ७ गतेभित्र सवै चुनाव गराउने निर्णय गरेको छ ।
बैठकले संविधान कार्यान्वयनलाई अघि बढाउने निर्णय समेत गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवाले पदबहाली गरे लगत्तै सिंहदरवार स्थित प्रधानमन्त्री कार्यालयमा वसेको मन्त्रीपरिषदको भुकम्पपछिको पुनर्निर्माणको कामलाई तिव्रता दिने निर्णय पनि गरेको छ ।
प्रधानमन्त्री देउवाले पदबहाली गरेपछि ८ सदस्यीय मन्त्रीपरिषदको बैठक बसेको थियो ।
त्यसअघि प्रधानमन्त्री देउवाले प्रधानमन्त्री कार्यलय पुगेर पदभार सम्हाल्नु भएको थियो ।
पदभार सम्हाल्दै प्रधानमन्त्री देउवाले अन्तर प्रदेश परिषदको कार्यलय प्रधानमन्त्री कार्यलयमा स्थापना गर्ने र सवै सार्वजनिक निकायलाई सदाचार मस्यौयादा पेश गर्नु पर्ने निर्णयमा हस्ताक्षर गर्नु भएको थियो ।
त्यसअघि शपथ लिए लगत्तै प्रधानमन्त्री देउवाले लैनचौरस्थित शहिद स्मारक र सानेपा स्थित पार्टी कार्यालय पुगेर शहिद तथा नेताहरुको तस्विरमा माल्यार्पण गर्नुभएको थियो ।