नक्कली नोट छाप्ने मेसिन सहित एक युवक बुटवलमा पक्राउ

बुटवल । जेठ २५ । नक्कली नोट छाप्ने मेसिन सहित एक युवकलाई प्रहरीले बुटवलमा पक्राउ गरेको छ ।
प्रहरीले रुपन्देहीको कंन्चनपुर गाउँपालिका घर भै हाल बुटवल बस्ने २१ वर्षीय सन्तोष मल्ललाई नक्कली नोट छाप्ने मेसीन सहित पक्राउ गरेको हो ।
उनको साथबाट एक हजार दरका ३५९ थान, पाँच सय दरका एक सय थान र एक सय दरका पाँच थान नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग गरेको फ्रि इन्क प्रिन्टर, ल्यापटप समेत वरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पछिल्लो पटक बुटवलको एक बैकमा नक्कली नोट फेला परेपछि अनुसन्धान गर्ने क्रममा मल्ल पक्राउ परेको र उनलाइ हिरासतमा राखेर थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।
नक्कली रकमको कारोवार गर्नेलाई विगो बमोजिमको जरिवाना तथा १० बर्ष कैद सजाय हुने ब्यवस्था छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.