स्थानीय चुनावमा काँग्रेसलाई जिताउने गरि जुट्न प्रधानमन्त्रीद्धारा कार्यकर्तालाई निर्देशन

बुटवल । जेठ २५ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले दोश्रो चरणको स्थानीय तह निर्वाचनमा केन्द्रित हुन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
नेविसंघले पार्टी कार्यालय सानेपामा बिहिवार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले चुनावबारे कसैले फैलाएका अफवाहबाट प्रभावित नहुन र चुनावमा पार्टीलाई जिताएर आफूले नेतृत्व गर्ने पार्टीलाई बलियो बनाउन निर्देशन दिनुभयो ।

चुनाव हारे अन्य कुराको अर्थ नहुने भन्दै उहाले पार्टीलाई चुनावमा जिताउन सबै एकजुट भएर लाग्न समेत निर्देशन दिनुभयो ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले विभाजित नहुन र चुनावमा केन्द्रित हुन निर्देशन दिनुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.