आन्दोलनरत दललाई चुनावमा सहज हुनेगरी निर्वाचन विधेयक संशोधन

काठमाडौं । जेठ २५ । व्यवस्थापिका संसदले स्थानीय तह निर्वाचन विधेयक संशोधन गरेको छ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा अधिकांश दलहरुको सहभागिता सुनिश्चित हुने गरी संसदको विहिवारको बैठकले विधेयक संशोधन गरेको हो ।
संसदले निर्वाचनमा उम्मेदवारको मनोनयन पत्र दाखिल गर्ने अन्तिम मितिभन्दा १५ दिनअगावै निर्वाचन आयोगलाई दिने व्यवस्था हटाइएको संशोधन विधेयक पारित गरेको हो । नियम निलम्वन गरेर छोटो प्रक्रियाबाट भएको संशोधनसँगै निर्वाचन प्रक्रियामा सहभागी नभएका आन्दोलनरत मधेस केन्द्रित दलहरुलाई उम्मेदवार मनोनयन गर्न बाटो खुलेको छ ।
संसदको पहिलो बैठकले उक्त विधेयकमाथि संशोधन राख्न ७२ घण्टाभित्र संशोधनको सूचना दिनुपर्ने प्रावधानसम्बन्धी दफालाई निलम्बन गरेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.