सैनामैनालाई समृद्ध बनाउने एमाले नेताहरुको संकल्प

सैनामैना, जेठ २५ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकिंदै गर्दा सबैतिर चहल पहल बढेको छ । राजनीतिक दलहरुले चुनावी भेला र सभाहरु गरेका छन् । यसैक्रममा सैनामैनामा पनि चुनावी कार्यक्रम भएको छ ।

सैनामैनामा एमालेले नगरका मेयर, उपमेयर तथा वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरु सार्वजनिक गर्दै तिनीहरुमार्फत समृद्ध सैनामैना बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । ‘एमालेको अर्जुनदृष्टि सैनामैनाको समृद्धि’ भन्ने नाराका साथ एमाले नेता तथा उम्मेदवारहरुले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उक्त चुनावी सभामा उम्मेदवारसहित एमालेका नेता र अगुवा कार्यकर्ताहरु सहभागी थिए ।
एमालेका उपमहासचिव द्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसालसहित स्थायी समिति, पोलिटब्यूरो, केन्द्रीय कमिटीसहित प्रदेश र जिल्ला तहका नेता कार्यकर्ताहरु सहभागी थिए ।

केन्द्रीय उपमहासचिव तथा पूर्व अर्थमन्त्री बिष्ण पौडेलले पहिलो चरणको निर्वाचनको सन्द्रभमा सत्तापक्ष एक्लै चुनाब लड्न नसकेर बैशाखी टेकेर एमालेका विरुद्ध घेराबन्दी गरेको तर त्यो घेराबन्दी तोडेर एमाले पहिलो दल बन्न सफल भएको बताउनुभयो ।

कार्यक्रम सहभागि एमाले उपमहासचिव घनश्याम भुषालले जनतामा देखिएको उत्साहले चुनाब जितेको महसुस भएको भन्दै औपचारीकताका लागि चुनाब प्रतिक्षा गरेको बताउँदै बिगतमा गरेका कामबाट एमालेलाई धेरै जनताले बिश्वास गर्ने आधार रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दें स्थायी कमिटी सदस्य छबिलाल बिश्वकर्मा, पोलिटब्यूरो सदस्य राधा ज्ञवाली, केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरी, अर्का केन्द्रीय सदस्य खिमलाल भट्टराई, प्रदेश कमिटीका सचिव भूमिश्वर ढकाल, एमाले पुर्व अञ्चल सदस्य भुमिलाल सापकोटा,राम प्रसाद भटराई, जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष पुरुषोत्तम घिमिरेले लगायतले बोल्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.