दोश्रो चरणको निर्वाचन अघि संविधान संशोधन सम्भव छैन, चुनावपछि पास गरेरै छाड्छु तपाईहरु चुनावमा आउनुस – प्रधानमन्त्री देउवा

काठमाडौ । जेठ २७ । प्रधानमन्त्री देउवाले असार १४ गते हुने स्थानीय तहको निर्वाचन अघि संविधान संशोधन सम्भव नभएको स्पष्ट पार्नुभएको छ ।

संसदलाई शुक्रवार संवोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सकिए लगत्तै संविधान संशोधन प्रकृया अघि बढाउने प्रतिवद्धता जनाउनुभयो ।

मधेशी समुदायको भावना समेटर संविधान संशोधन गरिने भन्दै प्रधानमन्त्री दाहालले निर्वाचनपछि संविधान संशोधन गरेरै छाड्ने विश्वास ब्यक्त गर्नुभयो । चुनाव सफल बनाउन सहयोग गर्न आन्दोलरत दलहरुलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयन र त्यसको सर्वस्वीकार्यता बढाउन आफु सक्रिय रहने पनि बताउनुभयो । उहाँले मधेश केन्द्रित दलहरुले पनि संविधान स्वीकारेर चुनावमा आउने विश्वास ब्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले प्रतिपक्ष दलसँग पनि सहकार्य गरेर अघि बढ्न आफु तयार रहेको बताउनुभयो । मुलुक हिमाल पहाड र तराइ मिलेर बनेको र सवै वर्ग समुदायको हितका लागि संविधानको सफल कार्यान्वयन हुन आवश्यक भएको बताउनुभयो ।

भरतपुर पहिलो घटना नभएको भन्दै प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको निर्णय र अदातलमा मुद्दा परेको भन्दै टिप्पणी गर्नु उपयुक्त नभएको बताउनुभयो । मधेशमा संख्या बढाउने कुरा अदालतबाट रोकिएको पनि उल्लेख गर्दै उहाँले भरतपुर घटना वेठिक भएको पनि बताउनुभयो ।

मन्त्रिपरिषदलाई छिटो पुर्णता दिने र त्यसवेला सवैलाई समेटेर समावेशी सहभागिता बढाउने प्रतिवद्धता जाहेर गर्नुभयो । सांसदहरुले उठाएका विषयहरुलाई गम्भिरता पुर्वक लिएको बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.