बुटवलमा कांग्रेस प्रवेश गर्नेलाई स्वागत, केही वडामा काँग्रेस,जनमुक्ति र माओवादीको तालमेल

बुटवल, २८ जेठ । बुटबल उपमहानगरपालिकाका वडावडामा अन्य पार्टीहरु परित्याग गरि नेपालीकांग्रेस प्रवेश गर्ने लहर नै चलेको छ । नेपाली काँग्रेसले गरेको क्रियाशिल भेलामाबिभिन्न पार्टी परित्याग गरि ३१ जनायुवा नेपालीकाँग्रेसमाप्रवेश गरेका छन् । उनीहरुलाई बुटवलउपमहानगर पालिकाकाका मेयरका उम्मेदवार खेलराज पाण्डे, महाधिवेशन प्रतिनीधि युवराज गिरी, वडा सभापति कृष्णप्रसाद ज्ञवालीले पार्टी प्रवेश गराउनु भएको थियो ।

आगामीअसार १४ गते हुने निर्वाचनमाविजय सुनिश्चितगर्न नेपालीकांग्रेसले केही वडामा नेकपामाओवादी केन्द्र र राष्ट्रिय जनमुक्ति पार्टीसंग पनितालमेल गरेको छ । यस तालमेल अनुसार वडा नं ७मानेपालीकाँग्रेसका वडा सभापति कृष्णप्रसाद ज्ञवालीले दिनुभएको जानकारी अनुसार तालमेलमा वडा अध्यक्ष नेपालीकाँग्रेसले लिएको छ भने राष्ट्रिय जनमुक्ति पार्टी र नेकपामाओवादी केन्द्रले दुईदुई सदस्य पद लिएका छन् ।

चुनावीतालमेल गरेपछि नेपालीकाँग्रेसले शुक्रबार क्रियाशील भेला गरी तालमेल अनुसारकाउम्मेदवारको पक्षमामतदानगर्न आग्रह गरेको छ । उक्त वडामा नेपालीकाँग्रेसले अध्यक्षमापदमराजगाहालाई अंगाडी सारेको छ भने जनमुक्तिले महिला सदस्यमाबसन्ती साठिघरे र खुल्ला सदस्यमामनिराम गुरुङ्लाई अंगाडी सारेको छ । त्यस्तै माओवादी केन्द्रले दलितमहिलामा छमीदेवीलोहोनी र खुल्ला सदस्यमाबालकृष्ण भुसाललाई अंगाडी सारेर संयुक्तचुनावप्रचार प्रसारमालागेका छन् ।

कार्यक्रममाबोल्दै मेयर पदकाउम्मेदवार पाण्डेले आधुनिक बुटवलको परिकल्पनाअनुसार सम्बृद्धि बुटवल निर्माणकालागि नेपालीकाँग्रेसकाउम्मेद्वारलाई जिताउनआग्रहगर्दै नेपालीकाँग्रेसले जितेको खण्डमा जनताले जितेको आभाषआफूले गराउने प्रतिवद्धता व्यक्तगर्नुभयो । कार्यक्रममामहाधिवेशनप्रतिनीधियुवराजगिरी, दीर्घबहादुर केसी, क्षेत्रीयप्रतिनीधि लक्ष्मण आचार्य, वडा अध्यक्षकाउम्मेदवार पदमराजगाहा, नेपालीकाँग्रेसका वडा उपसभापतिलिलासिंह राना, सचिवदिनानाथगिरी लगायतले भनाई राखेकाथिए ।

त्यसैगरी बुटवलको वडा नं. ८ मा नेपालीकाँग्रेस तथाजनमुक्तिको संयुक्तप्यानलकाउम्मेदवारहरुले घरदैलो गरेका छन् ।शुक्रबार उनीहरुले धर्मपथ, कालिकापथ, प्रेमपथलगायतका स्थानमा घरदैलो गरिएको वडा अध्यक्षकाउम्मेदवार राधेश्याम राजभण्डारीले जानकारी दिनुभयो । घरदैलोकाक्रममा स्थानीयले सडक, खानेपानी, ढल निकासको समुचितप्रवन्धमिलाउनउम्मेदवार समक्षमाग गरेकाथिए ।

शुक्रवार सम्पन्न नेपालीकांग्रेसको क्रियाशील सदस्यको भेलाले शनिबार वडामा संयुक्त ¥यालीप्रदर्शन गर्ने निर्णय गरेको छ ।
त्यसै गरि बुटवल उपमहानगर पालिकाको कडा नम्बर १३ पनि घर दैलो कार्यक्रमगरिएको छ । घर दैलो कार्यक्रममानगरका मेयरकाउम्मेदवार खेलराज पाण्डेलेबुटवलका हरेक संरचनाकांग्रेसकै पहलमाआरम्भ भएको भन्दै बिकास र कांग्रेसपर्यायबाचीभएको दाबिगर्नुभयो । वडा अध्यक्षकाउम्मेदवार नारायण पुनले काग्रेसको पक्षमाजनलहर बढदै गएको धारणा ब्यक्त गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.