राजपाद्धारा आम हडताल सहित आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौ । जेठ २८ । राष्ट्रिय जनता पार्टी नेपाल नेतृत्वको संघीय गठबन्धनले आगामी असार १४ गतेको चुनाव प्रभावति गर्ने गरि आम हडताल सहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

सरकारले आफ्ना माग पूरा नगरेको भन्दै गठबन्धनले आइतवार निर्वाचन लक्षित आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

गठबन्धनले गाउँपालिका, नगरपालिका र महानगरपालिकामा केन्द्रित रहेर माइकिङ गर्ने, निर्वाचन केन्द्रको कार्यालयमा तालाबन्दी गर्ने र निर्वाचनसम्बन्धी सबै कार्यक्रम अवरुद्ध गर्ने घोषणा गरेको छ ।

आइतवार बैठक बसेर गरिएको आन्दोलनका कार्यक्रम अनुसार जेठ २९ गते जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने, जेठ ३०, ३१ तथा असार १ र २ गते थरुहट, मधेस र लिम्बुवान बन्द गर्ने निर्णय गरिरएको छ।

त्यसैगरी जेठ ३० र ३१ गते गाउँपालिका र नगरपालिकाहरुमा चुनावको विरोधमा माइकिङ गर्ने , असार १ गते विभिन्न ठाँउमा खबरदारी सभा गर्ने, असार २ गते गाउँपालिका र नगरपालिकाहरुमा निर्वाचन केन्द्रको कार्यालयमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने, असार ३ र ४ गते शहीदको तस्वीर प्रदर्शन गर्ने, असार ५ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने, असार ८ गते जिल्ला सदरमुकामहरुमा मोटरसाइकल र्याीली निकाल्ने कार्यक्रम तय भएको राजपा नेपालका नेता अनिल झाले बताउनुभयो ।

यस्तै गठबन्धनले असार १० गतेदेखि आमहड्ताल लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
यस अघि आइतवार विहान राजपालाइ चुनावमा सहभागी गराउने विषयमा सत्तारुढ दल र राजपा नेपालबीच भएको बैठक पनि बिनानिष्कर्ष टुंगिएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबिच नयाँ शक्ति पार्टी र संषघीय समाजवादी फोरमले निर्वाचन प्रक्रियामा सहभागी हुन राष्ट्रिय जनता पार्टी नेपाललाई आग्रह गरेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.