तिस लाख फिरौती नदिए ज्यान मार्ने धम्की दिने ब्यक्ति पक्राउ

बुटवल, जेठ २९,मोवाइलबाट फोन र एसएमएस गरी तिस लाख फिरौती नदिए ज्यान मार्ने धम्की दिनेलाइ रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

तीन दिनभित्र ३० लाख नदिए परिवारका सवैको हत्या गर्ने भन्दै फोन र एसएमएस गरी धम्क्याउने रुपन्देहीको सैनामैना नगरपालिका –५ बस्ने २२ बर्षीय लोकनाथ न्यौपानेलाइ प्रहरीले पक्राउ गरेको हो ।

नीज न्यौपानेले सियारी गाँउपालिका बस्ने अर्जुन भट्टराइलाई फोन र एसएमएस गरी फिरौती मागेको र नदिए ज्यानमार्ने धम्की दिएको अडियो समेत प्राप्त भएको भन्दै प्रहरीले नीजवारे थप अनुसन्धान समेत भैरहेको जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.