असार १४ गतेको निर्वाचन कुनै हालतमा सर्दैन र कसैले विथोल्न सक्दैन–प्रमुख निर्वाचन आयुक्त यादव

बुटवल । जेठ २९ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन कुनैपनि हालतमा नसर्ने र कसैले पनि विथोल्न नसक्ने बताउनुभएको छ ।

निर्वाचनको तयारी र अनुगमनका क्रममा विराटनगर पुग्नुभएका प्रमुख निर्वाचन आयुक्त यादवले असार १४ गते निर्वाचन सफल भएरै छाड्ने बताउनुभयो ।

सोमवार बिराटनरमा पत्रकारसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले असार १४ को निर्वाचन कसैले विथोल्न नसक्ने समेत प्रस्ट पार्नुभयो ।

उहाँले बहिष्कार र बन्द भएपनि २०७० सालमा संविधानसभाको निर्वाचन सफल भएको स्मरण गर्दै असार १४ गतेको निर्वाचन पनि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त यादवले चुनावका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था सरकारले मिलाउने र राजनीतिक दलहरुले पनि शान्ति सु-व्यवस्थाका लागि सहयोगी भूमिका खेल्नुपर्ने समेत बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.