कांग्रेस नै बुटवलको विकासको पर्यायःमेयर उम्मेदवार पाण्डे

ललितपुर ३० जेठ । नेपालीकांग्रेसकातर्फबाट बुटवल उपमहानगरपालिको उम्मेदवार बन्नुभएका खेलराज पाण्डेले नेपालीकांग्रेस नै बुटवलको विकासको पर्याय भएको बताउनुभएको छ । उहाँले यस नगरको हालसम्मकाविकासकापूर्वाधार पनिकांग्रेसको नेतृत्वमा नै बनेकोले यसलाई समृद्ध उपमहानगरपालिकाबनाउने अभिभारा पनिकांग्रेसको नेतृत्वमा नै सम्पन्नहुने दावीगर्नुभएको छ ।
मंगलबार पत्रकारहरुसंग भएको छलफलका क्रममापनिउहाँले आफूले सुकुम्बासी समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेको बताउनु भयो । नगर क्षेत्रभित्र रहेका सुकुम्बासीलाई लालपुर्जाको व्यबस्थामिलाउने र नगरपालिकाबाट नामसारी सहजै हुने पद्धतिको बिकास गर्ने उहाँले प्रतिवद्धता व्यक्तगर्नुभएको छ ।
त्यसैगरी वर्षा याममाअभिसापको रुपमा देखा पर्ने तिनाउनदीलाई बरदानका रुपमा सदुपयोग गर्ने कार्यक्रमपनिउहाँले अगाडि सार्नुभएको छ ।
बुटवलको बिकासका नेपालीकाँग्रेसको भूमिकाउल्लेख गर्दै उहाँले प्रश्नगर्नुभयो–‘नेपालीकाँग्रेस बाहेक यहाँअरु दलले विकासमा के कतियोगदान गरेका छन?मलाई बताई दिनुहोस् ।’ उहाँले बुटवलमा भएकाविकासकाकामनेपालीकाँग्रेसकै नेतृत्वमाभएको उल्लेख गर्नुभयो ।
मैनावगरमा रहेको अटो भिलेज, मणिमुकुन्द सेन उद्यान, आम्दा अस्पताल, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, लुम्बिनी बाणिज्य क्याम्पस, बुटवल बहुमुखीक्याम्पसको बिज्ञान भवन, लुम्बिनीअञ्चल अस्पतालको प्रसुतीकक्षनिर्माण, बुटवल लायन्स आँखा अस्पताल निर्माणलगायतका काम नेपालीकाँग्रेसका नेता स्व. सुर्यप्रसादप्रधान मेयर हुँदा सुरुवातगर्नुभएको थियो । त्यस्तैगरी स्व. प्रधान मेयर हुँदा नै पत्रकारिताको प्रोत्साहनकालागिउत्कृष्ट पत्रकारिता पुरस्कार स्थापनागर्नुभएको थियो । उक्त पुरस्कार अहिले पनि नेपालपत्रकार महासंघले वितरण व्यबस्थापनगर्दै आईरहेको छ । रुपन्देहीजिल्लामादर्जनौं पुलनिर्माणमा उहाँकै योगदान छ ।
त्यस्तैगरी पूर्व मन्त्रीतथा नेपालीकाँग्रेसका केन्द्रीय सदस्यबालकृष्ण खाँणले सिचाई मन्त्रीहुँदाजनताको तटबन्धको कार्यालय बुटवलमा स्थापनागरि तिनाउतथादानवलगायतकानदीव्यबस्थापनको काम सुरु गर्नुभएको छ । उहाँले नै कालीगण्डकी–तिनाउ ड्राईभर्सनकालागिपहलकदमीगर्नुभएको थियो । सोहीअनुसार उक्त ड्राईभर्सनकालागि डिपिआर तयार गर्न सरकारले बजेट विनियोजन गरेको छ । पूर्व मन्त्री खाँणले नै सिचाईलाई व्यस्थितगर्नकालागि १६÷३६ कुलाको मुहान सहितनहरको संरक्षण तथासिचाई प्रणालीलाई व्यबस्थितगर्ने कामगर्नुभएको थियो । उहाँकै नेतृत्वमाजिल्लामादर्जनौ पक्कीपुलनिर्माण भएका छन् भने दर्जनौं निर्माणाधिन अवस्थामा छन् ।
नेपालीकाँग्रेसका संस्थापक नेतापूर्व प्रधानमन्त्री स्वगीयगिरिजाप्रसादकोईरालाप्रधानमन्त्रीहुँदा ज्योतीनगर र लक्ष्मिनगरको पहिरो नियन्तरण तथापहिरोबाट विस्थापितलाई बुटवलको तामनगरमाजग्गाव्यबस्थापनगरि स्थानान्तरण गरिएको थियो । त्यस्तै गरी साविक बुटवल १२ रामनगरमा स्थायीऔद्योगिकप्रदर्शनी स्थलकालागि स्वर्गीय पूर्व सांसद सुर्यप्रसादप्रधानकै पहलमातत्कालिनप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसादकोईराला नेतृत्वको सरकारले १६ विगाहाजग्गा छुट्याएको थियो । जहाँअन्तर्राष्ट्रिय सभाहलनिर्माणको प्रकृयामा छ ।
बुटवललाई नमुनानगरको रुपमाबिकास गर्नकालागि सबैसवारी साधनको पार्किङ् स्थल, सुविधासम्पन्ननयाँबसपार्कको योजनाआफूसंग रहेको बताउँदै उहाँले आफूले गरेको प्रतिवद्धता पूरा गर्नकालागिनीजि साझेदारी कार्यक्रममार्फत अंगाडी बढाउने योजनाआफूले बनाएको उल्लेख गर्नुभयो । उहाँले आफू सातवर्षसम्मनगरपालिकामा सर्बदलीय संयन्त्रमा बसेर काम गरेकाले जनताको आवश्यकताबुझेको र ती समस्या समाधानकालागिपनि नेपालीकाँग्रेसकै नेतृत्वआवश्यक रहेको बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.