बस कर्णालीमा खस्यो

बुटवल । जेठ ३१। कालिकोटबाट कञ्चनपुरको महेन्द्रनगरका लागि गुडेको ना ४ ख २९९८ नं को बस बुधवार दिउँसो कर्णाली नदीमा खसेर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको र डेढ दर्जनभन्दा बढी यात्रु घाइते भएका छन ।

दिउँसो करिव ३ वजेतिर भएको दुर्घटनामा परि मृत्यु हुनेमा सात पुरुष र दुई महिला तथा एक एक बालिका रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

दैलेखको आठबिस नगरपालिका नैनेलथान नजिक सडक खण्डबाट बस कर्णाली नदीमा खसेको हो ।

घटनास्थलमा उद्दारको कार्य भैरहेको र घाइतेलाई उपचाररार्थ अस्पताल पठाउने काम भैरहेको पनि प्रहरीले जनाएको छ ।
तस्विर– सुशील खड्काको फेसबुकबाट ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.