चुनावमा सहभागि हुन प्रमुख दलहरुको आग्रह राजपाले मानेन

काठमाडौ । जेठ ३१ । सरकार गठनको निर्वाचनमा अघि सरेर भोट हाल्ने तर स्थानीय निर्वाचन बहिष्कार गर्दै आन्दोलनमा जाने दोहोरो चरित्र देखाएका मधेश केन्द्रित दलहरुलाई निर्वाचनमा सहभागी बनाउन प्रमुख दलहरुले बुधवार गरेको प्रयास सफल पनि हुन सकेन ।

सत्तारुढ काँग्रेस,माओवादी केन्द्र र विपक्षी एमालेले चुनावमा जान तयार भए आफुहरु थप लचिलो हुने भन्दै राजपाका नेताहरुसँग बुधवार वार्ता गरेका थिए । तर वार्ता विना निष्कर्ष सकिएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको बैठकमा सवै दलका शिर्ष नेताहरु सहभागि थिए तर पनि कुरा मिलेन ।

चुनावमा आउन गरेको आग्रह राजपाका नेताहरुले स्विकार गर्नुभएन,अव चुनाव सार्ने कुरा हुन्न बरु निर्वाचन पछि संविधान संशोधनमा छलफल गर्न सकिन्छ– बैठक सकिएपछि पत्रकारहरुसँग एमाले नेता सुवास नेम्वाङले भन्नुभयो ।

बैठकमा प्रमुख दलका नेताहरुले प्रदेश नम्बर २ र ५ मा स्थानीय निर्वाचनको दोस्रो चरण र यसमा राजपाको प्रतिवद्धता लगायतका बिषयमा छलफल गरेका थिए । एमालेले भने चुनाव कुनै हालतमा सार्न नहुनेमा जोडदिएको थियो ।

राजपाका नेताहरुले आफ्ना माग सम्वोधन नभएको भन्दै चुनावमा जान नसकिने अडान राखेका थिए । राजपाका नेताहरु सहमतिबारे कुरै नगरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सम्पन्न गर्न आफु प्रतिवद्द रहेको बताउनुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.