२ नम्वर प्रदेशको निर्वाचन फेरि सार्न सत्तापक्ष र राजपा नेपाल सहमत, प्रदेश नम्वर १,५ र ७ को मनोनयन पनि केहि दिन सर्ने

काठमाडौ । असार १ । सरकारले दुई नम्बर प्रदेशको असार १४ गतेका लागि तय भएको स्थानीय तह फेरि सार्ने भएको छ ।

सत्तारुढ दल काग्रेस र माओवादी केन्द्र तथा राजपा नेपालबीच बिहिबार सिंहदरबारमा भएको बैठकमा दुई नम्बर प्रदेशमा आगामी १४ गते हुने निर्वाचन तत्कालका लागि स्थगित गर्ने सहमति भएको हो।

बैठकमा २ नम्बर प्रदेशको निर्वाचन सार्ने र बाँकी १,५ र ७ नम्वर प्रेदशमा भने असार १४ गते नै चुनाव हुने र त्यसका लागि असार २ गते शुक्रवार हुने मनोनयन केही दिन सार्ने सहमति भएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
त्यसका लागि सरकारले मन्त्रिपरिषदबाट अनुमोदन गरेर निर्वाचन आयोगसँग परामर्श लिएपछि आयोगले मानेमा सर्नेछ ।
राजपा नेपालका नेताहरुले भने आफुहरुले पाँच नम्वर प्रदेशको समेत निर्वाचन सार्न आग्रह गरेको बताउँदै सरकारबाट सकारात्मक आश्वासन पाएको बताएका छन। अव सरकारको निर्णय के हुन्छ त्यसमा भरपर्छ –राजपा अध्यक्ष मण्डलका नेता महेन्द्र यादवले भन्नुभयो ।

यसअघि बिहिवार नै निर्वाचन सार्ने बिषयमा सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले निर्वाचन आयोगसँग छलफल गर्दा आयोगले चुनाव सारेमा पोलिटिकल इलेक्ट्रोरल डिजास्टर’ हुने चेतावनी दिएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.