काठमाडौ । असार १ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कुनै ठोस कारण र औचित्यबिना निर्वाचन पर सारेर वर्तमान सत्तारुढ गठबन्धनले मुलुकमा विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध गरेको आरोप लगाएको छ ।
२ नम्वर प्रदेशको निर्वाचन असोज २ मा सार्ने सहमतिले संविधान कार्यान्वयनमा गम्भिर धक्का पुगेको भन्दै एमालेले राष्ट्रिय एकता कमजोर बनाउने र विखण्डनकारी तत्वहरुको मनोवल बढाएको ठहर गरेको छ ।
सरकारले निर्वाचन सार्ने निर्णय गरेपछि एमाले सचिव योगेश भट्टराइद्धारा जारी विज्ञप्तिमा संविधान र लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा आघात पुराउने काम भएको भन्दै प्रदेश नम्बर २ मा निर्वाचन पछि सार्ने कदमले त्यहाका जनताको आफ्ना प्रतिनिधि आफै“ छानेर स्थानीय सरकारको अभ्यास गर्ने अधिकार मात्र कुण्ठित गरेको छैन, संविधान कार्यान्वयनमा गम्भीर धक्का पु¥याएको छ । यस घटनाले मुलुकको राष्ट्रिय एकतालाई कमजोर बनाउनुका साथै विखण्डकारी तत्वहरुको मनोबल बढाएको छ । भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ– असार १४ गतेका लागि प्रदेश नम्बर १, २, ५ र ७ मा निर्धारित स्थानीय निर्वाचनमध्ये प्रदेश नम्बर २ को निर्वाचन पछाडि सार्ने निर्णयप्रति नेकपा (एमाले) गम्भीर आपत्ति प्रकट गर्दछ ।
यस्तै विज्ञप्तिमा पटक–पटकका वार्ताहरुमा समेत हाम्रो पार्टीले कुनै पनि हालतमा निर्वाचन सार्न नहुने कुरामा जोड दि“दै आएको थियो । सुरुमा एकै चरणमा ३१ वैशाखका लागि निर्धारित निर्वाचनमध्ये चार वटा प्रदेशमा जेठ ३१ मा निर्वाचन गर्ने निर्णयलाई नै हाम्रो पार्टीले शंकाका दृष्टिले हेर्दै यसले देशलाई संकटमा लैजाने ठहर गरेको थियो । पछि असार ९ र १४ मा निर्वाचन सार्दा पनि सरकारको उद्देश्य निर्वाचन गराउनमा भन्दा मुलुकलाई अनिश्चततातर्फ लैजानमा केन्द्रित थियो भन्ने कुरा यस घटनाले पुष्टि गरेको छ भनिएको छ ।
एमालेले संविधान र लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा आघात पु¥याउने यस कदमका विरुद्ध सचेत रहदै प्रदेश नम्बर २ मा पार्टीका नियमित कामहरु अघि बढाउन मातहत कमिटीहरुलाई निर्देशन दिदै हाम्रो पार्टी प्रदेश नम्बर १, ५ र ७ मा असार १४ गते हुने निर्वाचनमा सक्रियतापूर्वक लाग्न आमजनसमुदाय, पार्टीका मातहत कमिटी तथा नेता–कार्यकर्ताहरुलाई आह्वान समेत गरेको छ ।