मिति सारेकै भरमा चुनावमा जान्नौ– राजपा नेपाल

काठमाडौ । असार १ । सरकारले २ नम्वर प्रदेशको निर्वाचनको मिति सारेकै भरमा आफ्ना माग पुरा नहुने भन्दै राजपा नेपालले अर्को झेल शुरु गरेको छ ।

सरकारले निर्वाचनको मिति सारेपछि आन्तरिक छलफल गरेको राजपाले शुक्रवार त्यसवारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न बैठक बोलाउने भन्दै अहिलेकै अवस्थामा असार १४ गतेको निर्वाचनमा भाग नलिने बताएको छ ।

सरकारलाई ५ नम्वर प्रदेशको समेत चुनाव सार्न र आफ्ना माग पुरा गर्न भनिएको तर सरकारले आफुखुसी गरेको भन्दै राजपा नेपालका नेता हृदयेश त्रिपाठीले पत्रकारहरुसँग कुरा गर्दै यथाअवस्थामा असार १४ को चुनावमा भाग नलिने बताउनुभएको हो ।

काग्रेसले नै राजपा चुनावमा नआए आफुले चुनाव जितिन्छ भन्ने अनुमान गरेर षडयन्त्र गरिरहेको त्रिपाठीको भनाई छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.