भैरहवा पर्यटकीय हवःकांग्रेसका उम्मेदवार

ललितपुर, १ आषाढ । नेपालीकाँग्रेस सिद्धार्थनगर नगरपालिकाका मेयर पदकाउम्मेदवार मातृकाप्रसादयादवले भैरहवालाई पर्यटकीय नगरको रुपमाविकास गरिछाड्ने प्रतिबद्धता व्यक्तगर्नुभएको छ ।
उहाँले गौतम बुद्धको जन्मस्थललुम्विनीको प्रवेशद्वारमा रहेको सिद्धार्थनगरलाई हरियालीयुक्त, प्रदुषणमुक्त, पार्किङ्ग व्यवस्थापन, फनपार्क, वनभोज स्थल, मनोरञ्जन स्थल र खेलकुद मैदानको निर्माण लगायतकापूर्वाधार विकास गरी पर्यटकीय नगर बनाउने योजना सार्वजनिकगर्नुभएको छ ।
नगरपालिकाका मेयर उम्मेदवार यादवले नगरभित्रका सम्पूर्ण सडकलाई पक्कीबनाउने, पिछडिएका क्षेत्रमापनिविकासको गति बढाउने, बिद्युतको समस्याको दिर्घकालीन समाधानकालागिपनि योजनाबद्ध तरिकाले कामगर्ने उल्लेखगर्नुभयो । उहाँले नगरपालिकाको समग्र विकासकालागीआवधिकगुयोजनातयार गरी बाहिरी चक्रपथको निमार्ण, नगरपालिकालाई उपमहानगरपालिकामा रुपान्तरण, फोहोरको दीर्घकालीनव्यवस्थापन, घुम्ती शौचालय सेवा सचालनसहितकाकार्यक्रमहरु सार्वजनिकगर्नुभएको छ ।

नेपालीकाँग्रेस क्षेत्र नं २ रुपन्देहीका सभापति समेत रहनुभएकायादवले यस क्षेत्रको भाषा, साहित्य, कला समग्र क्षेत्रको बिकासकालागीकामगर्दै नगरकायुवालाई लक्षित गरी स्वरोजगार, आयमूलकतथा सीपमूलकतालिमको बिशेषप्याकेज ल्याउने घोषणा गर्नुभयो ।

त्यस्तैगरी नेपालीकाँग्रेसकै तर्फबाट उपमेयरकीउम्मेदवार माधवीशर्मा वाग्लेले महिला ससक्तिकरण एवं आयआर्जनकालागि सीपमूलकअवसरहरु प्रदानगरिने बताउनु भयो । उहाँले नगरमा रहेकाअतिविपन्न, सिमान्तकृत समुदाय,अपाङ्ग एवं असक्तकाहितमा कल्याणकारी योजनाल्याउने बताउनु भयो ।

उपमेयरकीउम्मेदवार बाग्लेले नगर, बडामा शान्तिएवं मेलमिलाप केन्द्र गठन गरी प्रभावकारी ढगंले सेवाप्रदानगर्ने, वडा नं ७ र १२ माबालएवं बृद्धाआश्रम सयुक्त रुपमा सचांलनगरी बालएवं मातृत्वभावअभिबृद्धि गर्ने, वडा एवं नगरमा बैज्ञानिक एवं समय सापेक्ष कर प्राणाली लागुगरी आर्थिक रुपमानगरलाई सवलबनाउने प्रतिवद्धता व्यक्तगर्नुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.