एसईईको नतिजा सार्वजनिक

बुटवल । असार २। एसएलसिको परिवर्तित रुप माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले गत चैत ३ गतेदेखि १४ गतेसम्म सञ्चालन गरेको परिक्षाको नतिजा यो वर्ष पनि ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजामा १२ हजार दुई सय ८४ विद्यार्थी जीपीए ३ दशमलव ६ पाँच दुई देखि ४ सम्म ल्याउन सफल भएका छन् ।

४२ हजार ४ सय २७ विद्यार्थीले जीपीए ३ दशमवल दुई पाँच देखि ३ दशमलव ६ सम्म ल्याएका छन् भने, जीपीए २ दशमलव आठ पाँच देखि ३ दशमलव दुई सम्म ल्याउने विद्यार्थी ५० हजार ६ सय ४६ जना छन् ।

यस्तै जीपीए २ दशमलव चार पाँच देखि २ दशमलव आठ सम्म ल्याउने विद्यार्थी संख्या ६१ हजार ९ सय ५५ छ । परीक्षामा देशभरबाट नियमिततर्फ दुई लाख २३ हजार ८ सय ८८ छात्रा र दुई लाख २१ हजार ६ सय ८२ छात्र गरी ४ लाख ६२ हजार १ सय ३६ विद्यार्थी सहभागी भएका थिए ।

त्यस्तै, एक्जाम्टेडतर्फ १६ हजार पाँच साय ७२ परीक्षार्थीले सहभागिता जनाएका थिए । एक्जाम्टेडतर्फ सी, डी प्लस, डी र ई ग्रेड ल्याउने विद्यार्थी संख्या करिब ३ लाख ८८ हजार छ । ती विद्यार्थीले ग्रेड वृद्धि अर्थात् पूरक परीक्षामा सहभागी हुन पाउनेछन् ।

नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.gov.np मा हेर्न सकिने छ ।

त्यसैगरी शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभागको वेभसाइड www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्डको www.neb.gov.np र एनसेल प्रा. लि.को वेभसाइड www.ncell.axiata.com मा गएर पनि परिक्षाको प्रकाशित नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.