१ उपमहानगर, ५ नगर र १० गाउँपालिका रहेको रुपन्देहीमा चुनावी तयारी अन्तिम चरणमा

केशव भण्डारी–

बुटवल । असार ३ । यही असार १४ गते दोस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी रुपन्देहीमा अन्तिम चरणमा पुगेको छ ।

जिल्लाका सबैजसो दलहरुले आफ्नो उमेद्धवारको टुङ्गो लगाएका छन् भने कतिपय दलहरु तालमेल गरेर अगाडि बढ्ने तयारीमा रहेका छन् ।

स्थानीय तहको निर्वाचनका लागि रुपन्देही मा चुनावी सरगर्मी समेत बढेको छ । काँग्रेस र एमाले तथा माओवादी केन्द्र लगायत सवैजसो दलका उम्मेद्वारहरु आआफ्ना चुनावी नारा र प्रतिवद्धता सहित घरदैलो अभियान जुटेका छन् ।

उता निर्वाचन कार्यालयले पनि तयारीको काम अन्तिम चरणमा पुराएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख हुमनाथ गौतमले निर्वाचन अधीकृतहरुलाई तालिम, पुर्वाधार निर्माण, सुरक्षा ब्यवस्था, व्यवस्थापकीय र समन्वयलगायतका तयारी पुरा भएको बताउनुहुन्छ ।

एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका सहित १६ वटा स्थानीय तह रहेको रुपन्देही जिल्लाबाट ८ सय ४५ जनप्रतिनिधि चुनिने छन ।

जिल्लाभरमा २ सय ८ मतदान स्थल र पांचसय ४३ मतदान केन्द्र तोकिएको छ । जिल्लामा ४ लाख भन्दा बढी मतदाता छन् ।
रुपन्देहीमा प्रमुख दल एमालेले सबै तहमा उम्मेदवारको टुंगो लगाएको छ । काँग्रेस र माओवादी केन्द्रले भने अधिकांश तहमा तालमेलका लागी उपमेहरसहित केहि अन्य पदमा समेत खाली राखेर चुनावमा प्रसार प्रसारमा होमिएका छन् । प्रमुख दलहरुले आफ्नो प्रचारप्रसारबारे यस्तो बताउंछन् ।

केही मधेश केन्द्रीत दलहरुले भने चुनावको तयारी नगरेका कारण जिल्लाका दक्षिणी क्षेत्रमा चुनावी रौनक बढ्न सकेको छैन । तर बुटवल नगरपालिका सहित जिल्लाका अधिकांश तहमा चुनावी माहोल समेत बढ्दै गएको छ ।
चुनावका लागि घरदैलो देखि जिल्ला बाहिरबाट मतदाता आउने क्रम समेत तिव्र बन्दै गएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.