एसइइमा रुपन्देहीको सैनामैनाका छात्र उत्कृष्ठ भएको दावी

बुटवल । असार ३ । यस वर्षको एसएलसीको रुपान्तरित परिक्षा एसइइमा रुपन्देहीका छात्रा नेपालकै उत्कृष्ठ भएको दावी गरिएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिकाको रामापुर स्थित रिभाइवल बोर्डिड स्कूलका विद्यार्थी आदर्श पाण्डेले ४ जिपिए ल्याएर सर्वोत्कृष्ठ भएको विद्यालयले दावी गरेको छ ।

०४८९९५३ आई सिम्बोल नम्बर भएका उनले ४ जिपिए ल्याएको विद्यालयका प्राचार्य कृष्णप्रसाद शर्माले बताउनुभयो ।

सधै प्रथम हुँदै आएका आदर्शका बाबु सामुदायिक विद्यालयका शिक्षक हुनुहुन्छ भने आमा सोही स्कुलकी शिक्षिका ।
अघिल्लो बर्ष पनि सैनामैनाकै विद्यार्थी उत्कृष्ठ भएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.