१,५ र ७ नम्वर प्रदेशमा मनोनयन उत्साहपुर्ण,रुपन्देहीमा राजपाद्धारा स्वतन्त्र उम्मेदवारी

केशव भण्डारी–
बुटवल । असार ४ । दोश्रो चरणको निर्वाचनका लागि प्रदेश नम्वर १,५ र ७ नम्वरका स्थानीय तहमा उम्मेदवारी मनोनयन भएको छ ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार असार १४ गते हुने दोस्रो चरणको स्थानीय चुनावका लागि सबै गाउँपालिका र नगरपालिका तथा उपमहानगरपालिकामा रहेका निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता भैरहको निर्वाचन आयोगले जनाएको छ ।
आइतवार विहान ८ बजेदेखि सुरु भएको उम्मेदवारी मनोनयन दर्ता साँझ ४ बजेसम्म चल्ने छ ।

दोस्रो चरणमा असार १४ गते एक, पाँच र सात नम्बर प्रदेशका ३ सय ३४ स्थानीय तहमा निर्वाचन हुने छ ।

उम्मेदवारी मनोनयन क्रम रुपन्देहीमा एउटा बुटवल उपमहानगरपालिका र ५ वटा नगरपालिका तथा १० वटा गाउंपालिका मा पनि चलिरहेको छ । रुपन्देहीमा ४ लाख ६२ हजार ५ सय ४६ मतदाता छन् ।

रुपन्देहीको एकमात्र उपमहानगरपालिका बुटवलमा पनि मनोनयन जारी छ । मनोनयन उत्साह र शान्तिपुर्ण रुपमा चलिरहेको बुटवल उपमहानगरपालिकाका निर्बाचन अधिकृत भरतमणी पाण्डेले जानकारी दिनुभयो ।

बुटवलमा सबैभन्दा पहिले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारले मनोनयन दर्ता गरेका छन । त्यस लगत्तै एमाले,काँग्रेस र माओवादी तथा अन्य दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन । १९ वडा रहेको बुटवल उपमहानगरपालिकामा ६६ हजार ९० मतदाता छन् ।
उता आन्दोलनरत राष्ट्रिय जनता पार्टीका उम्मेदवारले रुपन्देहीको समयमाइ गाँउपालिकाका सवै पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेको छ ।
यस्तै रुपन्देहीका सिद्दार्थनगर, तिलोत्तमा, देवदह, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिका तथा अन्य गाँउ पालिकाहरु सहितका १६ वटै स्थानीय तहमा मनोनयन जारी रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।
यस्तै १७ वटा वडा सिद्धार्थनगरमा ३३ हजार ६ सय १५ मतदाता छन् भने तिलोत्तमा नगरपालिकामा ६० हजार १ सय ३३ र देवदह नगरपालिकामा ३२ हजार ३ सय २५ तथा सैनामैना नगरपालिकामा ३५ हजार ९ सय ६६ मतदाता छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३४ हजार १ सय १६ मतदाता छन् ।
रुपन्देहीमा बिशेष सुरक्षा सतर्कता अपनाइएको र जिल्लाका दक्षिणी क्षेत्रमा थप संवेदनशिलता महसुस गरि सुरक्षा सर्तकता बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यस्तै नवलपरासीको रामग्राम नगरपालिकामा काँग्रेस र एमालेका उम्मेदवारले बिहान आठ बजे नै उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन् ।

यसैगरी कपिलबस्तु,गुल्मी,पाल्पा,अर्घाखाँची,दाङ,प्युठान,रोल्पा, बाँके लगायत सवै क्षेत्रमा उम्मेदवारी मनोनयन प्रकृया चलिरहेको छ ।
यस्तै १ नम्वर प्रदेशको झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, उदयपुर र ओखलढुंगा तथा प्रदेश ५ का नवलपरासीको दाउन्ने पश्चिम, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, बागलुङको पश्चिम क्षेत्र, दाङ, प्युठान, रोल्पा, रुकुमको रुकुमकोट पूर्व, बाँके र बर्दिया र प्रदेश ७ का बाजुरा, बझाङ, अछाम, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुलामा पनि मनोनयन जारी छ ।

दोस्रो चरणको निर्वाचनबाट १ महानगर, सातवटा उपमहानगर, एक सय ११ नगरपालिका र दुई सय १५ गाउँपालिकाबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुनेछन् । चुनावका लागि ४ हजार ५ सय ८१ मतदान स्थलअन्तर्गत ८ हजार ३ सय ६४ मतदान केन्द्र रहेका आयोगले जनाएको छ । निर्वाचनमा सुरक्षाकर्मीबाहेक ६६ हजार नौ सय कर्मचारी खटिनेछन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.