बुटवल । असार ४ । भारतको पश्चिम बंगाल सरकारले बंगाली भाषालाई माध्यमिक तहमा अनिवार्य गर्ने निर्देशन जारी गरेपछि दार्जिलिङ्गमा शुरु भएको आन्दोलनले उग्र रुप लिंदै गएको छ ।
दुई हप्तादेखि जारी तनावले उग्ररुप लिदै गएपछि स्थिति हिसांत्मक बन्दै छ ।
बंगाल राज्य सरकारको निर्णयको विरोध र अलग्गै गोर्खाल्याण्ड राज्यको माग गर्दै गोर्खा जनमुक्ति मोर्चाले आयोजना गरेको अनिश्चितकालिन बन्द कायमै छ ।
बन्दका क्रममा शनिवार स्थिति हिंसात्मक हुँदा दुई जना गोजमुमोका समर्थक मारिएको संचारमाध्यमहरुले जनाएका छन ।
आन्दोलन नियन्त्रण गर्न राज्य सरकारले ठुलो मात्रामा सेना र प्रहरी तैनाथ गरेको जनाइएकोछ ।
लगातारको बन्दका कारण स्वदेशी र विदेशी पर्यटककालागि आकर्षकको थलोका रुपमा रहेको दार्जिलिङ्गको पर्यटन उद्योग प्रभावित भएको छ ।